२०८१ बैशाख १४, शुक्रबार
April 26, 2024, Friday

सुदूरपश्चिमका थप १७५ जनामा कोरोना पुष्टि : ७ जनाको मृत्यु

कैलाली- सुदूरपश्चिममा थप १७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३७४ नमूना परीक्षण गर्दा १७५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

संक्रमित मध्ये कैलालीको धनगढीका मात्रै ८४ जना रहेका छन् । यस्तै धनगढीबाहेक कैलालीका ५६ जना र अन्य जिल्लाका ३५ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । 
हाल अस्पतालमा ५० जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए । 

पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका थप ७ जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ।  कैलालीका ३ जना, दार्चुलाका २ जना, यस्तै कञ्चनपुर र बझाङका १/१ जन संक्रमितको मृत्यु भएको छ। यसैगरी बर्दियाका १ जनाको पनि मृत्यु भएको छ। 

कैलालीको धनगढी उपमहानगरपालिका–७ की ७७ वर्षीया महिला र वडा नम्बर १३ का २२ वर्षीय पुरुषको मृत्यु भएको छ। २२ वर्षीय पुरुष कैलाली बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत थिए। महिलाको मंगलबार बिहान साढे २ बजे र पुरुषको सोमबार राति साढे ११ बजेको समय मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

Related News

एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
  • २०७८ बैशाख २१

काठमाडौं- सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर...

TOP