डोटी- डोटीका थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार गरिएको परीक्षणमा ३१ जनामा संक्रमण देखिएसँगै बैशाख ५ गते यता संक्रमित हुनेको संख्या २३२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९६ जनामा कोरोना परीक्षण गरिएको थियो । स्वास्थ्य कार्यालयका सुचना अधिकारी महेश बोहराका अनुसार ५२ जनाको स्वाब पिसिआर विधिबाट परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो भने ४४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो ।
सक्रिय संक्रमित मध्य २ सय २० जना होम आईसोलेसनमा र १२ जनाको सामान्य उपचार भईरहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । हालसम्म ४ जना बिरामी संक्रमण मुक्त भएकाछन् ।
काठमाडौं – सरकारले कानुनविद्हरूको सल्लाह सुझावका आधारमा रेशम चौधरीलाई रिहाइ...