भक्त बहादुर बलायर
१) कोरोना भाइरस आज विश्व भरि छायो ।
जन्तुबाट मान्छे सर्दै धेरै देशमा आयो ।।
२) प्राकृतिक प्रकोपको महामारी बनी ।
विश्वको सरोकार बन्यो मानव क्षति भनी ।।
३) चीनको हुवेई प्रान्त बुहान सी फुड बजार ।
पैmलियो चीनमा पहिले मान्छे मरे हजार ।।
४) उत्पत्ति चमेरोबाट सालकबाट मान्छे ।
कोरोना भाइरसले छोयो जस्ले सालक खान्थे ।।
५) लामो थुतुनो कत्ले शरीर कमिलालाई खाने ।
कोरोना भाइरस स¥यो सालक किन्न जाने ।।
६) चीनका वैद्यले अघि सालक नखाऊ भन्थे ।
वैद्यले भनेको कुरा उति खेर मान्थे ।।
७) अहिले त चीनमा सालक महंगोमा जान्छन् ।
चीनमा अधिकांश मान्छे सालक मारी खान्छन् ।।
८) वैज्ञानिक शंका गर्छन् सालकबाट स¥यो ।
चमेरोले सालक सारी यत्रो मान्छे म¥यो ।।
९) अहिले चीनमा रोक्यो सालक सर्प खान ।
भ्याकुतो कुकुर आदि सिकार गर्न जान ।।
१०) कोरोना भाईरस के हो कोभिड उन्नाइस ?
वैज्ञानिक प्रयासरत पाएनन् जस ।।
११) जनावर मानिस बीच प्रसारण गर्ने ।
आर एन ए भाइरसको समुहमा पर्ने ।।
१२) आर एन ए भाइरस हो यो शरीरमा घुस्छ ।
मानवको शरीरमा पसि कोसिका नै टुटछ ।।
१३) कोशिकालाई टुटाएर आफु फेरी बन्छ ।
शरीरको श्वास थुक रालमा जीवित हुन्छ ।।
१४) गोलाकार चारैतिर काणा भाला जस्ता ।
चौध दिनमा देखा पर्छ मानव जीउमा पस्दा ।।
१५) भालाजस्ता काँडा हुँदा कोरोना नाम भयो ।
छिटोछिटो पैmलिन सक्ने विश्वभरि गयो ।।
१६) ल्याटिन भाषामा यसलाई क्राउन भनिन्छ ।
राजमुकुट सार्वभौम भनेको सुनिन्छ ।।
१७) के हो लक्षण कोरोनाको के छ उपचार ।
रुघा खोकि ज्वरो आउने पु¥याउनु विचार ।।
१८) सुखा खोकी लगातार धेरै ज्वरो आउने ।
थकाई लाग्ने घाँटी दुख्ने रिङटा नै लाउने ।।
१९) खोकीबाट शुरु भई निमोनिया बन्छ ।
किडनीमा नोक्सान पु¥याई संक्रमण हुन्छ ।।
२०) श्वास लिन गाह्रो हुने टाउको पनि दःुख्ने ।
सुखा खोकी शुरु भई ओठमुख सुक्ने ।।
२१) औषधी लागेन पत्ता प्रयास भयो खुबै ।
सर्तक रहनु निकै बालबृद्ध दुवै ।।
२२) बालबच्चा वृद्ध व्यक्ति बढि यसले च्याप्छ ।
चिसोबाट बाँच्नु पर्छ छिटै चिसो लाग्छ ।।
२३) व्यक्ति वस्तु पशु पंछी छुँदा हात धुनु ।
मुखमा मास्क साबुन पानी धोई सफा हुनु ।।
२४) हाछयँु गर्दा खोकी लाग्दा मुख छोपी गर्नु ।
मान्छेको नजिकबाट एक मिटर सर्नु ।।
२५) नाकबाट मुखबाट आँखाबाट पनि ।
हाछयुँ गर्दा अनि खोक्दा सर्छ भाइरस बनि ।।
२६) संक्रमित व्यक्तिबाट छिटो छिटो सर्छ ।
स्वस्थ व्यक्ति चौध दिनमा संक्रमित पर्छ ।।
२७) सुखाखोकी ज्वरो आए अस्पताल जानु ।
मिचिमिचि हात धुनु स्वच्छ खाना खानु ।।
२८) हात मिलाउँदा गला लाग्दा चुम्बन गरेमा ।
मानिस स्वयं नै दोषी कोरोना सरेमा ।।
२९) हात जोडी नमस्कार चुम्बन गला हैन ।
हात मिलाउने गला लाग्ने हाम्रो चलन छैन ।।
३०) हात मिलाउने गला जोड्ने चलन होईन हाम्रो ।
हात जोडी नमस्कार चलन कति राम्रो ।।
३१) बाहिरबाट घर आउँदा हात खुट्टा धुन्थ्ये ।
हात खुट्टा पखाली धोई सधंै सफा हुन्थ्ये ।।
३२) फास्ट फुड जंक फुड खाँदैनथ्ये उहिले ।
जथाभावी खान थाले मानिसहरु अहिले ।।
३३) गउँत खान्थ्ये शुद्ध हुन धुपबत्ती गथ्र्ये ।
जथाभावी जहाँतहाँ खाना खान डथ्र्ये ।।
३४) मदिरा सेवन गर्न घरमा बंचित हुन्थ्यो ।
घीउ, गोरस, मह, अन्न घरमा संचित हुन्थ्यो ।।
३५) शाकाहारी धेरै जसो फलपूmल खान्थ्ये ।
समय नफाली खेर आफ्नो काममा जान्थ्ये ।।
३६) कागती बेसार राखी तातो पानी खान्थ्ये ।
नित्यकर्म पुजा गरि काम गर्न जान्थ्ये ।।
३७) बेसार कागती पानी शक्ति प्रदान गर्छ ।
रोगसंग लड्ने शक्ति मानवमा भर्छ ।।
३८) कोरोनाबाट बच्ने मन्त्र सर्तकता लिनु ।
परिवार छिमेकीलाई पूर्ण ज्ञान दिनु ।।
३९) कोरोनाको भाइरस हावामा रहिरहन्छ ।
सतहमा हिलो ठाउँमा जीवित भईरहन्छ ।।
४०) संक्रमित व्यक्तिहरु जब खोक्न थाल्छन् ।
तमाम कोरोना भाइरस चारैतिर फाल्छन ।।
४१) केही घण्टा हावामा बाँच्छ केही दिन माटोमा ।
तीव्र गति सर्न सक्छ हिँडदा त्यही बाटोमा ।।
४२) नछुनु पर्खाल खम्बा बिरामी छोएको ।
मुखमा लगाउनु मास्क दिनदिनै धोएको ।।
४३) नजानु भिडमा कतै छिट्टै सर्ने हुन्छ ।
सानो गल्ति ठूलो नोक्सान त्यही सा्रेत बन्छ ।।
४४) धैर्य गरि घरमा बस्नु भिडभाड छोडी ।
हात नमिलाई नमस्कार दुवै हात जोडी ।।
४५) अधिकांश संक्रमित मांसाहारीहरु ।
कोरोना मुस्किलै लाग्छ शाकाहारीहरु ।।
४६) अहिलेसम्म माछामासु सुंगुर कुकुर खाने ।
बिरालो सर्पको सिकार भ्यागुतो मार्न जाने ।।
४७) भरसक नखानु मासु खाए पकाएर ।
नखानु अद्पाको मासु न त सुकाएर ।।
४८) विश्व स्वास्थ्य संगठनको भनाई यस्तो छ ।
कोरोना सी फुडसंग जोडिए जस्तो छ ।।
४९) बिरालो चमेरो ऊँट अन्य पशुपंन्छी पनि ।
मानिस पशुमा सर्छ महामारी बनि ।।
५०) मानिस मानिस बिच खोकी छिंकबाट ।
सजिलै अर्कोमा सर्छ मिलाई गला हात ।।
५१) भाणाबाट सर्न सक्छ गिलास पानी खाँदा ।
नखानु संक्रमणकालमा होटेलमा जाँदा ।।
५२) अर्काको गिलास जुठो पानी खाए सर्छ ।
फोक्सोमा प्रवेश गरि संक्रमित गर्छ ।।
५३) मुखबाट निस्किएका खोक्दा साना बुँद ।
नबस्नु खोक्नेका नजिक होस गर्नु खुद ।।
५४) रुघा लागे ज्वरो आए अस्पताल जानु ।
चिसोबाट टाढा बस्नु तातो पानी खानु ।।
५५) नलाग्नु हल्लाका पछि सतर्कता लिनु ।
सम्पूर्ण छिमेकीलाई सही सुझाव दिनु ।।
५६) नखानु हरेस कैल्यै हिम्मत बाँधी लड्नु ।
सतर्कता अपनाए पर्ने छैन डर्नु ।।
५७) हात नधोई छुनु हुन्न आँखा नाक मुख ।
मास्क लाउनु घरमा बस्नु मिल्ने छैन दुःख ।।
५८) मिचीमिची हात धुनु साबुन पानीले ।
बाहिर नजानु घुम्न पुरानो बानीले ।।
५९) विज्ञले भनेको मान्नु बच्चालाई सिकाउनु ।
मास्क लाउनु सफा हुनु गरेर देखाउनु ।।
६०) शैलेश्वरी रक्षा गरुन पशुपति नाथ ।
नेपालीका शिरमाथि राख्नु आफ्नो हात ।।
दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...