२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

कैलालीका निजी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार हुने

धनगढी – कैलालीका निजी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार हुने भएको छ । आज सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय र निजी अस्पताल संघबीचको बैठकले निजी अस्पतालमा पनि संक्रमितको उपचार गर्ने निर्णय भएको हो ।

संघका सुदूरपश्चिम अध्यक्ष जनकराज जोशीले प्रत्येक निजी अस्पतालले ५ देखि १० शैया कोरोना संक्रमितको लागि छुट्याउने निर्णय भएको बताए । ‘अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा सरकारी अस्पतालमा मात्रै कोरोना संक्रमितको उपचार भइरहेको थियो,’ उनले भने, ‘संक्रमण दर बढेपछि सरकारी अस्पतालमा उपचारका लागि ठाउँ अभाव भएको छ । त्यसैले निजी अस्पतालमा पनि संक्रमितको उपचार गर्न हामी तयार भएका हौ ।’

निजी अस्पतालले भोलिदेखि नै संक्रमितको उपचारका लागि तयारीमा जुट्नेछन् ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७८ बैशाख १७

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP