२०७८ मंसिर ११, शनिबार
November 27, 2021, Saturday

सरकारले भन्यो : अस्पतालमा बेड उपलब्ध गराउन नसक्ने अवस्था आयो

काठमाडौं– सरकारले स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पतालमा शय्या (बेड) उपलब्ध गराउन नसक्ने अवस्था आएको भएको बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक अपील जारी गर्दै उपत्यकाका तीनसहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको बताएको छ ।

मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा कोरोना संक्रमणका हिसाबले अति प्रभावित जिल्ला हुन् ।

मन्त्रालयले अघि भनेको छ, ‘स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ ।’

मन्त्रालयले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न र संवेदनशील बन्न सबैलाई अपील गरेको छ ।

Related News

सुदूरपश्चिम कांग्रेस सभापतिमा शाहीको उम्मेदवारी घोषणा
सुदूरपश्चिम कांग्रेस सभापतिमा शाहीको उम्मेदवारी घोषणा
  • २०७८ बैशाख १७

डोटी- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको सभापतिमा युवा नेता पुष्पकुमार शाहीले उम्मेदवारी घोषणा गरेका छन् । शनिबार दिपायलमा आयोजित पत्रकार सम्मेलन...

जंगे पिल्लर छेउमै उभिएर उम्मेदवारी  घोषणा
जंगे पिल्लर छेउमै उभिएर उम्मेदवारी घोषणा
  • २०७८ बैशाख १७

कैलाली – कांग्रेसका नव निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेपाल विद्यार्थी संघका पूर्व कार्यवाहक केन्द्रीय अध्यक्ष क्षितिज भण्डारीले नेपाल–भारत सीमा...

हेर्दाहेर्दै महिलाले सेती पुलबाट हाम फालिन् , अवस्था अज्ञात
हेर्दाहेर्दै महिलाले सेती पुलबाट हाम फालिन् , अवस्था अज्ञात
  • २०७८ बैशाख १७

डोटी – दिपायल स्थित सेती नदीको पुल माथिबाट एक महिलाले हाम फालेकी छिन् । वरिपरिबाट हेर्दाहेर्दै पुलबाट हाम फालेकी ती...

TOP