२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

कोरोना संक्रमितको उपचार शुल्क दैनिक दुई हजार देखि १५ हजार सम्म

काठमाडौँ-  सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि आईसीयु तथा आइसोलेसनको शुल्क निर्धारण गरेको छ।मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको उपचारका लागि सूचीकृत अस्पतालहरुमा कोरोना संक्रमितको उपचारका लागि शुल्क तोकेको हो।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पार्वत गुरुङले सरकारले संस्थागत आइसोलेशन शुल्क दैनिक दुई हजार रुपैयाँ, अस्पतालको आइसोलेशन शुल्क दैनिक ३५ सय रुपैयाँ, मध्यम जटिल केशको उपचारका लागि दैनिक ७ हजार रुपैयाँ र गम्भीर बिरामीको आइसीयुमा भेन्टिलेटरसहितको उपचारका लागि दैनिक १५ हजार रुपैयाँ शुल्क तोकिएको जानकारी दिए।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७८ बैशाख ६

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP