२०८० मंसिर १९, मंगलवार
December 5, 2023, Tuesday

आइतबार देशभरका १०९६ जनामा कोरोना संक्रमण, आठ जनाकाे मृत्यु

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पाँच हजार ७८३ को पीसीआर परीक्षण गर्दा एक हजार ९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट आठ जनाको मृत्यु भएको छ।

आजसम्म देशमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३०८३ पुगेको छ। क्वारेन्टिनमा रहेका व्यक्तिहरुको संख्या ८५ छ। आजसम्म दुई लाख ८४ हजार ६७३ जनामा कोरोना संक्रमण भएको छ।

तीमध्ये दुई लखा ७५ हजार तीन सय संक्रमणमुक्त भएका छन्। निको हुने दर ९६.७ प्रतिशत रहेको मन्त्रालयलको विवरणमा उल्लेख छ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७८ बैशाख ५

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP