२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

आइतबार सुदूरपश्चिमका थप २२ जनामा कोरोना पुष्टि

डोटी । सुदूरपश्चिमका थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार सुदूरपश्चिमका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २२ जनामा संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीका अनुसार जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा एक जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६ जना र महाकाली अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आइतबार डोटीको प्रयोगशालामा ५, डडेल्धुरा अस्पतालको प्रयोगशालामा २० जना र महाकाली अस्पतालको प्रयोगशालामा १८ जनाको नमुना परीक्षण गरिएको थियो । ति मध्य २२ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता कार्कीले बताए ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ बैशाख ५

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP