२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

प्रशासनद्वारा होली खेल्न रोक

अनिवार्य मास्क प्रयोग नगरे कारवाही गरिने

बैतडी- बैतडीमा होली खेल्न जिल्ला प्रशासन कार्यालयले रोक लगाइएको छ ।

भारतसँग सिमाजोडिएको जिल्ला भएकाले कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै होली खेल्न रोक लगाएको हो ।

यस्तै घरबाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्न भनिएको छ । मास्क प्रयोग नगरेको पाइएमा संक्रामक रोग ऐन बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ ।

भारतसँग सीमा जोडिएकाले नाका भएर आउने नागरिकमा कोरोना संक्रमण हुनसक्ने भन्दै हेल्थ डेस्क सञ्चालन गरेर एन्टीजोन विधिमार्फत परीक्षण गर्न थालिएको छ ।

भिडभाड भएको ठाउँमा जानुपरेमा अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने, सेनिटाइजर प्रयोग गर्नको लागि प्रशासनले निर्देशन दिएको छ ।

पहिले सञ्चालनमा आएका क्वारेन्टाइन, आइसोलेसन कक्षलाई तयारी अवस्थामा राखी स्वास्थ्य केन्द्रको सेवालाई थप प्रभावकारी बनाउन आवश्यक तयारी समेत गरिएको छ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ चैत्र ११

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP