२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

कञ्चनपुरमा पुनः कोरोना त्रास, प्रशासनद्वारा आंशिक निषेधाज्ञा जारी

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आंशिक निषेधाज्ञा जारी गरेको छ । भारतका केही राज्यहरूमा कोरोना संक्रमणको दर बढिरहेको र नेपालमा पनि जोखिम बढ्ने सम्भावना रहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरेर प्रशासनले विभिन्न आदेश जारी गरेको हो ।

प्रशासनले गएराति १२ बजेदेखि अर्को व्यवस्था नभएसम्मका लागि विभिन्न आदेशहरु जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोद्वारा हस्ताक्षरित आदेशमा होलीलगायत कुनै मेला, पर्व, जात्राका अवसरमा महोत्सव, भीडभाड वा जुलुस गर्न नपाइने भनिएको छ ।

यस्तै, सामाजिक दूरी र जनस्वास्थ्यका मापदण्ड पालना गर्न भनिएको छ। गौरीफन्टा र गड्डाचौकी नाकाबाट यात्रुहरूको आवागमन र मालसामान ढुवानी बिहान ६ देखि बेलुका ८ बजेसम्म खुला रहने छ । यी बाहेकका नाका र बिन्दुबाट आवतजावत पूर्ण रूपमा बन्द हुने भएको छ । नाकामा रहेका हेल्थ डेस्कमा स्वास्थ्य जाँच गराउनु पर्ने र विवरण टिपाउन आग्रह गरिएको छ ।

त्यसैगरि अत्यावश्यक बाहेकका व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, यातायातलगायतका सेवा एवं मानिसहरुको आवागमन जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरि बिहान ४ बजेदेखि राति १० बजेसम्म मात्र गर्न पाउने भनिएको छ ।

यसैगरि सबै व्यक्तिहरुले मास्क, सेनिटाइजर र सामाजिक दूरीको मापदण्ड कडाइका साथ पालना गर्नु पर्नेलगायतका आदेश जारी गरिएको छ । यी आदेशमा भएको व्यवस्थाको अवज्ञा गरेको पाइए संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने पनि जारी आदेशमा उल्लेख गरिएको छ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ चैत्र ११

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP