डोटी- शिखर नगरपालिका–७ का एक दम्पतीले विवाह गरेको २० वर्ष पछि सन्तान पाउँने भएका छन् । सन्तान प्राप्तीका लागि नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचारका लागि पुगेको सो जोडिको चाहना २० वर्ष पछि पुरा हुँदैछ ।
माघ महिनामा सन्तान नहुने समस्या ल्याएर सुजंङ्ग अस्पतालमा उपचारका लागि पुगेकी ३५ वर्षीय महिला र ४० वर्षीय पुरुष (दम्पती) को उपचार पछि अहिले दुई महिना (८ हप्ताको ) गर्भ बसेको छ । ‘विवाह भएको २० वर्ष भयो । उपचारका लागि भारतमा दुई पटक गयौं । नेपालमा पनि देखायौं । देवी देवताको पनि भाकल गरेउ,‘महिलाले भनिन्,‘बच्चा बसेन । अव त सन्तान पाउँछौं भन्ने आशै मरेको थियो । आज चेक गर्दा दुई महिनाको बच्चा छ भनेपछि खुसि लागेको छ ।’
उनि जस्तै सायल गाउँपालिका–५ की ३० वर्षीय महिलाले पनि सुजंङ्ग अस्पतालको उपचार पछि सन्तान पाउने भएकी छिन् । विवाह गरेको लामो समय सम्म गर्भ नबसेपछि उनि पनि उपचारका लागि अस्पताल पुगेकी थिइन् । सुरुमा बच्चा भएर पछि गर्भ नवस्ने समस्या भएकी आदर्श २ की ४० वर्षिय एक महिलाले पनि उपचार पछि सन्तान प्राप्त गर्ने भएकी छिन् । पछिल्लो समय मात्रै १२ जना महिलाहरुमा उपचारपछि गर्भ बसेको अस्पतालले जनाएको छ । हाल सम्म अस्पतालमा निःसन्तानको समस्या भएका एक सय बढी जोडीहरु उपचारका लागि आएकाछन् । ति मध्य धेरै जसो गर्भ वसेपछि थप उपचारका लागि अस्पताल आउँदैनन् तर उपचारपछि गर्भ वसेका महिलाहरुले पटक–पटक चेकजाँच गराउन आवस्यक रहने डाक्टर बताउँछन् ।
महिला तथा पुरुषमा भएको विभिन्न समस्याका कारण निःसन्तानको समस्या आउने र उपचार पछि धेरैले सन्तान प्राप्त गर्नसक्ने सुजंङ्ग अस्पतालका वरिष्ठ प्रसुती तथा स्त्रीरोग (निःसन्तान) विशेषज्ञ एम.बि.बि.एस. एम.डी डक्टर पंकज प्रतावले बताए । विवाह गरेको २० वर्षसम्म सन्तान नभएका जोडीमध्य दुबैमा समस्या भएको र उपचारपछि गर्भबसेको बताए । प्राइमरी इनफटेलिटी भएकाहरुमा समेत उपचार विधि सफल भएको उनले बताए ।
निःसन्तानको समस्या भएका जोडीहरुको सफल उपचार हुन थालेपछि दैनिक बिरामीहरु आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालले अप्रेसनद्वारा सुत्केरी गराउने, पाठेघरको अप्रेसन, निसन्तान दम्पत्तिको उपचार तथा परामर्श, सन्तानको रहर पुगेका दम्पतीहरुको भ्याक्सेटोमी मिनिल्याब सेवा दैनिक रुपमा दिँदै आएको अस्पतालका प्रशासन प्रमुख अर्जुन बालयरले बताए । अस्पतालमा यस बाहेक हाडजोर्नी, नसारोग, ओपिडी सेवा सहित रङ्गिन भिडियो एक्सरे, इसिजी, कम्पुटर डिजिटल एक्सरे , आधुनिक ल्याब सेवा उपलब्ध रहेको बलयारले बताए ।
बेङ्गलुरु- भारतको बेङ्गलुरुमा रहेको मनिपाल हस्पिटलमा एक नेपाली उपचार अभावमा...