डोटी- शिखर नगरपालिकाका ६२ जना स्वास्थ्यकर्मीहरुले पोषण सम्बन्धि सात दिने तालिम लिएकाछन् । शिखर नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा सुआहाराको सहयोगमा स्वास्थ्यकर्मीहरुले दुई चरणमा बृहत पोषण प्याकेज तालिम लिएका हुन् ।
पहिलो चरणमा नगरका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत ३१ जना र दोस्रो चरणमा थप ३१ जना गरि ६२ जनाले पोषण तालिम लिएको नगर स्वास्थ्य संयोजक हरिश शाहले बताए । उनले नगरमा कार्यरत स्वास्थ्यकर्मीहरुको क्षेमता अभिबृद्धिका लागि तालिमको आयोजना गरिएको बताए ।
तालिमको उद्घाटन नगर प्रमुख सिताराम जोशीले गरेका थिए । फागुन ३ गतेबाट सुरु भएको दोस्रो चरणको तालिमको समापन ९ गते गरिने छ । नगर प्रमुख जोशीले नगरमा कार्यरत स्वास्थ्यकर्मी नै समुदायका पहिलो डक्टर भएका कारण उनिहरुको क्षेमता अभिबृद्धि हुन जरुरी रहेको बताए ।
आफुहरुल् स्वास्थ्य, शिक्षा, कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै जोशीले जनस्वास्थ्यलाई अझै बढी प्राथमिकतामा राखेर काम भैरहेको बताए । नगरमा कुपोषणको अवस्था सुन्यमा झारेर कुपोषण मुक्त नगर कायम गर्न स्वास्थ्यकर्मीहरुको महत्वपुर्ण भुमिका रहने बताउँदै आफुले पनि नगरबाट सहयोग गर्ने बताए ।
दिपायल – खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र हुने भएको छ । सडक...