२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

सीमा क्षेत्रमा हजारौं नेपाली अलपत्र : गौरिफण्टामा लाठी चार्ज

नेपालमा लक डाउन भएपछि भारतबाट आएका सयौं नेपालीहरु सीमा क्षेत्रमा फसेका छन् । अलपत्र नेपालीहरु लडडाउनको अवज्ञा गर्दै नेपाल भित्रिन खोजेपछि लाठी चार्ज भएको छ । स्थिति नियन्त्रणमा लिन लाठी चार्ज गर्नु परेको बताइएको छ ।

नाकामा अलपत्र परेका सयौँ नेपाली सुरक्षा घेरा छिचोल्दै नेपाल प्रवेश गर्न थालेका छन्। उनीहरु दशगजना क्षेत्रबाट नेपाली भुमीमा प्रवेश गरिसकेका छन्।

मोहना पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरलाई रोक्ने प्रयास गरिरहेको छ। यद्यपी कतिपय नेपालीहरु भने भागेर नेपाल प्रवेश गरिसकेका छन्।

भारतका बिभिन्न प्रान्तबाट हिजो साँझ धनगढीसंगै जोडिएको भारतीय नाका गौरीफन्टा र कञ्चनपुरसंग जोडिएको बनवासा गड्डाचौकी नाका पुगेका सयौं नेपालीहरु लक डाउनका कारण नेपाल प्रबेश गर्न पाएका छैनन । अलपत्र यात्रुहरुले रातभरी सीमामाको खुल्ला चौरमा रात गुजारेका थिए । गएराति देखि आफुहरुले केही खान नपाएको गुनासो गरे ।

रातभरी भोकै रहेका उनीहरुले नेपाल प्रबेश गर्न पाउनु पर्ने भन्दै सीमा क्षेत्रमा नारावाजी समेत गरिरहेका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सीमामा रहेका नेपालीहरुको व्यवस्थापनका लागि पहल भईरहेको बताए ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७६ चैत्र ११

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP