२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

शिखर नगरपालिकाको मुडभरा स्वास्थ्य चौकीमा स्तनपान कक्ष स्थापना

डोटी- बालबालिकाहरुलाई दुध खुवाउन सहज होस् भनेर मुडभरा स्वास्थ्य चौकीमा स्तनपान कक्ष स्थापना गरिएको छ । शिखर नगरपालिका वडा नं. ४ मा रहेको उक्त स्वास्थ्य चौकीमा स्थापना गरिएको स्तनपान कक्षको नगर प्रमुख सिताराम जोशीले एक कार्यक्रका बीच रिवन काटेर उद्घाटन गरेका छन् ।

स्तनपान कक्ष स्थापना गर्ने मुडभरा स्वास्थ्य चौकी डोटीकै पहिलो स्वास्थ्य चौकी हो । सरकारले सार्वजनिक संस्थाहरुमा अनिवार्य स्तनपान कक्ष स्थापना गर्नु पर्ने नीति ल्याएको छ । सोही नीति अनुरुप जिल्ला प्रशासन कार्यालय , जिल्ला अस्पतालमा यस अघि स्तनपान कक्ष स्थापना गरिएको थियो ।

स्वास्थ्य चौकीमा आउने सेवाग्राही सुत्केरी महिलाले खुल्ला बाताबरणमा स्तनपान गर्न लजाउने अफ्ठेरो मान्ने गर्दा बच्चालाई दुधको मात्रा नपुग्ने कुपोषण हुने जस्ता समस्या आइपर्ने भएकाले त्यस्तो नहोस् भन्नका लागि सुरक्षित स्तनपान कक्ष स्थापना गरिएको नगर स्वास्थ्य शाखा प्रमुख हरिश शाहले बताए ।

नगर प्रमुख जोशीले नगरको स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै नगरभित्र रहेको स्वास्थ्य संस्थाहरुलाई सुधार गर्दै स्वास्थ्य सेवा थप गर्दै लैजाने बताए । उनले जनस्वास्थ्य स्वच्छ रहे मात्रै नगरको विकासले तिव्रता पाउँने बताए । जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्यका क्षेत्रमा अझै सुधार ल्याउने प्रयत्न भैरहेको उनको भनाई छ ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ फाल्गुन ५

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP