२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

नेपाल लकडाउनमा, सर्वसाधारणलाई घरमै बस्न आदेश

सरकारले मंगलबार बिहान ६ बजेदेखि लागु हुने गरी सर्वसाधारणलाई बाहिर निस्कन प्रतिबन्ध लगाएको छ। अनुमति प्राप्त र सुरक्षा निकायका बाहेक अन्य सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ ।

योसँगै नेपालका ७७ वटै जिल्ला मंगलबारदेखि एक हप्ताका लागि पूर्णतया लकडाउन भएको छ। सरकारले मंगलबार बिहान ६ बजेदेखि चैत १८ गतेसम्मका लागि यो नियम लागु भएको हो ।

सोमबारको उच्चस्तरीय समन्वयन समितिको बैठकले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर ननिस्कन नदिने निर्णय गरेको हो।

औषधि उपचार, खानेपानीजस्ता अत्यावश्यकबाहेक सबै कार्यालयका कर्मचारीहरुलाई सोमबारदेखि कार्यालय नआउन पनि सरकारले निर्देशन दिएको छ।

आन्तरिक हवाई उडान पनि सरकारले चैत १८ गतेसम्म बन्द गरेको छ। संक्रामक रोग ऐन २०२० अनुसार सरकारको उच्चस्तरीय समितिले निर्देशन दिएअनुसार आदेशको पालना गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलले आग्रह गरेका छन् ।

काठमाडौँमा कोरोना भाइरसको संक्रमण भएका बिरामी भेटिएपछि सरकारले मानिसहरुको आवतजावतमै प्रतिबन्ध लगाउने निर्णय गरेको हो। निर्णयको पालना भए–नभएको अनुगमन गर्न समितिले सिडिओलाई निर्देशन दिएको छ।

Related News

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
  • २०७६ चैत्र ११

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु कञ्चनपुर – कञ्चनपुरको पुनर्वास...

TOP