२०८० आश्विन ८, सोमबार
September 25, 2023, Monday
कोरोनाविरुद्धको खोप

डोटीमा खोप अभियान सुरु : स्वास्थ्य कार्यालयका प्रमुख मलासीले लगाए पहिलो खोप

डोटी– कोरोना भाइरसविरुद्धको खोप अभियान डोटीमा पनि सुरु भएको छ । स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीलाई पहिलो खोप लगाएर अभियानको सुरु गरिएको हो ।

जिल्ला अस्पताल डोटीमा खोप केन्द्र तोकिएको छ । पहिलो चरणमा स्वास्थ्य संस्थाहरुमा कार्यरत डोटीका एक हजार पाँच सय २६ जनालाई खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

पहिलो दिन स्वास्थ्य कार्यालयमा कार्यरत २३ जना, जिल्ला अस्पतालमा कार्यरत ७५ जना, प्रहरी अस्पताल दिपायलमा कार्यरत ३५ जना, सुजंङ्ग अस्पताल राजपुर लगायत निजि अस्पताल कार्यरत ९८ जना गरी दुई सय ३१ जनालाई खोप लगाइने छ । बिहिबारबाट १९ गते सम्म सबै पालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई क्रमशः खोप लगाइने छ ।

खोपप्रति सर्वसाधारणमा विभिन्न आशंका भएकाले आफूले पहिलो खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए । उनले खोप सुरक्षित रहेको र यसले कुनै पनि असर नगर्ने बताउँदै ढुक्क भएर खोप लगाउन आग्रह गरे ।

यस्तो छ खोप तालिका

कोरोनाविरुद्धको खोप अभियान सुरु

तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसक्ने प्रधामन्त्रीको प्रतिवद्धता

Related News

सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
  • २०७७ माघ १४

धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो...

TOP