२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

नेपालगञ्‍ज क्वारेन्टाइनबाट भारतबाट आएकाहरु भागे

भारतका विभिन्न स्थानबाट नेपाल प्रवेश गरेका नेपालीहरु क्‍वारेन्टाइनबाट ‘भागेका’ छन् ।

जमुनाह नाकामा अलपत्र परेका झन्डै ५ सय ४० जनालाई बाँके जिल्ला प्रशासन र नेपालगञ्‍ज उपमहानगरपालिकाले उद्धार गरेर नेपाल ल्याएको थियो । सीमा नाकामा यात्रु आवागमन रोक्ने समय १० बजेभन्दा पहिले नाकामा आइपुगेकालाई उनीहरुको ज्वरो नापेर नगर बसबाट महेन्द्र बहुमुखी क्याम्पसमा लगिएको थियो ।

तर र एउटै कोठामा ३०/३५ जना राखेको भन्दै उनीहरुले असन्तुष्टि जनाए । कि आफूहरुलाई घर जान दिनुपर्ने कि व्यवस्थित तरिकाले राख्‍नुपर्ने भन्दै विरोध गरेका उनीहरु सानो संख्यामा रहेका सुरक्षाकर्मीलाई अटेर गर्दै भागेका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशम्शेर जबराले पनि क्वारेन्टाइनमा राखिएकाहरु भागेको पुष्टि गरेका छन् । उनले भने, ‘नजिकैका मानिसहरु जानु भएको हो, बाँकीका लागि व्यवस्था मिलाउँदैछौं ।’

प्रहरीका अनुसार अहिले करिव २०० मानिस छन् र, उनीहरुको स्वास्थ्य जाँच भइरहेको छ ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७६ चैत्र १०

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP