२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

पहिलो चरणमा डोटीका १५२६ जनालाई कोरोनाविरुद्धको खोप लगाइने

डोटी- बुधबारदेखि सुदूरपश्चिम प्रदेश लगायत देशैभर कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदै छ । यसै क्रममा भोली ११ बजेबाट डोटीमा पनि खोप अभियानको सुरु हुने स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

भारत सरकारको सहयोगमा ल्याइएको खोपको एक हजार चार सय ६१ मात्रा डोटीका लागि आउँदै छ । स्वास्थ्य कार्यालय डोटीले पहिलो चरणमा कोरोना नियन्त्रणका लागि फ्रण्ट लाइनमा काम गर्ने एक हजार पाँच सय २६ जना स्वास्थ्यकर्र्मीलाई खोप लगाउँने तयारी गरेको छ । पहिलो चरणको खोप जिल्ला अस्पतालमा स्थानीय तह अनुसार पालै–पालो लगाउँने तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए । ६ दिन भित्र पहिलो चरणको खोप लागाइ सकिने र सो अबधिमा बाँकी ६५ डोज खोप पनि आइसक्ने मलासीले बताए ।

सुदूरपश्चिममा पनि बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुने भएको छ । भारत सरकारको सहयोगमा ल्याइएको खोप प्रदेशको अस्थायी राजधानी धनगढी पुगाईएपछि भोलिदेखि खोप अभियान सुरु गरिने भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले प्रदेशका लागि १६ हजार २ सय ९३ जनालाई पुग्ने ३६ हजार डोज खोप सोमबार धनगढी पुगेको जानकारी दिए । धनगढीस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा राखिएको खोप नौँ वटै जिल्लामा पठाउन सुरु गरिएको कार्कीले बताए । ‘कैलालीको सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पताललाई खोप केन्द्र तोकिएको छ,’ कार्कीले भने, ‘प्रदेशका बाँकी ८ वटा जिल्लामा जिल्ला अस्पतालमा खोप केन्द्र छ ।

पहिलो चरणमा अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी, सरसफाइकर्मीलाई निःशुल्क रूपमा खोप लगाइने छ । शरीरमा एलर्जी भएका, गर्भवती, सुत्केरी र १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई खोप लगाइने छैन ।

स्वास्थ्य कार्यालयका अनुसार पहिलो दिन स्वास्थ्य कार्यालयमा कार्यरत २३ जना, जिल्ला अस्पतालमा कार्यरत ७५ जना, प्रहरी अस्पताल दिपायलमा कार्यरत ३५ जना, सुजंङ्ग अस्पताल राजपुर लगायत निजि अस्पताल कार्यरत ९८ जना गरी दुई सय ३१ जनालाई खोप लगाइने छ । १५ गते देखि १९ गते सम्म सबै पालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई क्रमशः खोप लगाइने छ ।

यस्तो छ खोप तालिका

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ माघ १३

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP