२०८० आश्विन १५, सोमबार
October 2, 2023, Monday

नेपालमा कोराेनाविरुद्धको खोप माघ १४ गतेदेखि लगाइने

प्रधानमन्त्रीले खोप अभियानको शुभारम्भ गर्ने

नेपाल सरकारले कोरोना भाइरसविरुद्वको भ्याक्सिन अभियान आगामी १४ माघबाट गर्ने भएको छ । यो अभियानको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । 

प्रधानमन्त्री ओलीले अभियानको शुभारम्भ १४ माघ बिहान १० बजे गर्ने जनाइएको छ । खोप अभियान देशभर एकैपटक सुरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सम्भव नभएका स्थानमा पनि १८ माघभित्रै खोप लगाइनेछ । 

यसैबीच स्वास्थ्य मन्त्रालयले आज (आइतबार) देशभरका सबै सात प्रदेशमा खोप पुऱ्याइसक्ने जनाएको छ । सुरुमा फ्रन्टलाइनरमा रहेर काम गर्ने व्यक्तिहरूलाई खोप दिने नेपाल सरकारको योजना छ । यसका लागि भारत सरकारले १० लाख डोज खोप नेपाललाई अनुदानमा दिएको छ । 

अक्सफोर्ड÷एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपका एक लाख भायल भारतले अनुदानमा दिएको छ । गत बिहीबार खोप काठमाडौं आइपुगेको थियो । एक भायलमा १० डोज खोप हुन्छ । खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको केन्द्रीय खोप भण्डारणगृहमा राखिएको छ । 

Related News

अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
  • २०७७ माघ ११

दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...

TOP