काठमाडौं : भारतले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’ आज सरकारले सातै प्रदेशमा पठाएको छ।
गत बिहीबार भारतले अनुदान स्वरूप नेपाललाई १० लाख डोज खोप दिएको थियो। टेकुस्थित स्टोरमा राखिएको सो खोप आज देशका विभिन्न भागमा पठाउन लागिएको हो।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार सबै प्रदेशमा खोप पठाउन शुरू भइसकेको बताए। यसअघि हिजै खोप पठाउने भनिएपनि औषधि व्यवस्था विभागबाट गर्नुपर्ने केही कागजी कार्य नसकिँदा आजबाट खोप पठाइएको हो ।
कैलाली । धनगढी उपमहानगरपालिका-७ क्याम्पस चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही...