२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

व्यवस्थित र सेवामुलक बन्दै सुजंङ्ग: पाठेघरका बिरामीले पाउँदैछन् विशेष स्वास्थ्य सेवा

डोटी– सुजंङ्ग अस्पताल राजपुर डोटीले प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालले विशेषज्ञ डाक्टर सेवा सँगै नियमित स्वास्थ्य सेवालाई प्रभावकारी र व्यवस्थित बनाउँदै लगेको छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुको एक मात्र ५० शैयाको उक्त अस्पतालले स्त्रीरोग विशेषज्ञ सेवा दिन थाले पछि पहाडी जिल्लाका महिलाहरुले जिल्लामै प्रभावकारी स्वास्थ्य सेवा पाउँन थालेकाछन् । गा्रमिण भेगका अधिकांस महिलाहरुमा पाठेघर सम्बन्धि समस्या देखिने गरेको छ । अस्पतालले पाठेघरको उपचार, अप्रेसन तथा बिरामीलाई परामर्श दिदै आएको छ ।

अस्पतालको अप्रेसन वार्डमा आधुनिक बेड, लाईट, अप्रेसन मेसिन जडान गर्नुका साथै अप्रेसन गर्न चाहिने आधुनिक सामग्रीहरु जडान गरेको छ । स्वास्थ्य सेवा प्रवाह गर्दा बिरामी र उपचारमा संलग्न चिकित्सकलाई सहज होस् भनेर थप आधुनिक उपकरण सहितको सेवा थप गरिदै आएको अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए । अस्पतालको व्यवस्थापन देखि आधुनिक उपकरण सहितको सहज र सरल स्वास्थ्य सेवा प्रवाह गर्न आफ्नो टिम कटिबद्ध रहेको बलायरले बताए । बिरामीको अवस्था हेरेर अस्पतालले सहुलियत समेत प्रदान गर्दै आएको उनले बताए ।

अस्पताललाई सेवा मुलक र प्रभावकारी बनाउँन समय–समयमा विशेषज्ञ डाक्टर बोलायर शिविर सञ्चालन गर्ने गरिएको छ । अस्पतालले स्थानीय सरकार तथा विभिन्न सामिजिक संघसंस्था र व्यक्तिहरुको सहकार्यमा जिल्लाका विभिन्न स्थानहरुमा समेत शिविर आयोजना गरेर स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । यस क्षेत्रका मानिसहरुमा बढीजसो देखिने स्वास्थ्य समस्यालाई मध्यनजर गरेर समय–समयमा सम्बन्धित विशेषज्ञ डाक्टर बोलायर उपचार तथा परामर्श समेत दिदै आएको प्रशासन प्रमुख बलायरले बताए ।

अस्पतालले हाडजोर्नी, नसारोग, ओपिडी सेवा सहित रङ्गिन भिडियो एक्सरे, इसिजी, कम्पुटर डिजिटल एक्सरे , आधुनिक ल्याब लगायतका सेवा नियमित प्रदान गर्दै आएको छ । यस बाहेक अस्पतालले ग्रामिण भेगका महिलाहरुलाई मध्यनजर गर्दै स्त्रीरोग सम्बन्धि उपचार, अप्रेसन तथा परामर्शलाई प्राथमिकतामा राखेको छ । अहिले अस्पतालमा स्त्रीरोग विशेषज्ञ डा. पंकज प्रताव नियमित रुपमा कार्यरतछन् ।

‘हामीले दिदै आएको अन्य स्वास्थ्य सेवाहरु नियमित नै छन्, बलायरले भने,‘यहाँका महिलाहरुको स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर स्त्रीरोग, पाठेघरको उपचार तथा अप्रेसन सेवालाई विशेष सेवाकारुपमा प्रभाव गर्दैछौं । कम खर्चमा, आफ्नै जिल्लामा यहाँका महिलाहरुले सहज सेवा प्रदान गरुन् भन्ने हाम्रो मुख्य उद्येश्य हो ।’

सेवा तथा उपकरण विस्तारसँगै अस्पतालले अप्रेसनद्वारा सुत्केरी सेवा, पाठेघरको अप्रेसन, निसन्तान दम्पत्तिको उपचार तथा परामर्श, सन्तानको रहर पुगेका दम्पतीहरुको भ्याक्सेटोमी मिनिल्याब सेवा दैनिक रुपमा दिँदै आएको छ । अप्रेसन सेवालाई सहज र छरितो बनाउँन एनेस्थेसिएको समेत व्यवस्था गरेको छ ।

पछिल्लो समय अस्पतालमा दुई जना पाठेघरका बिरामीको अप्रसेन भएको छ । वर्षौ देखि पाठेघरको समस्या देखिए पनि जिल्ला बाहिर गएर उपचार गर्न नसक्ने अवस्था भएका दुई जनाको अप्रेसनद्वारा उपचार भएको हो । जिल्लाको शिखर नगरपालिका–४ मुडभराकी ४६ वर्षीय लक्ष्मी भुलसार्की र पूर्वीचौकी गाउँपालिका–७ पोखरीकी तुली देवी दमाईको अप्रेसन गरिएको हो । बिरामी अप्रेस गरेको दोस्रो दिनबाटै हिंड्न थालेकाछन् । अप्रेस गरिएको पाँच देखि सात दिन भित्रै डिस्चार्ज गरिदै आएको छ ।

वार्षौं देखि बिरामी भैराख्ने भएपनि समस्या थाह नहुँदा यस अघि उपचार नै गराउन समस्या भएको तुली देवीका श्रीमान डम्बर दमाईले बताए । उपचारका लागि जिल्लाका विभिन्न अस्पताल लग्दा पनि बिरामी के हो भन्ने नै थाह नभएको र आर्थिक अवस्था कमजोर भएका कारण बाहिर लगेर उपचार गर्न नसकेको बताउँदै डम्बरले सुजंङ्ग अस्पतालमा चेकजाँच गराउँदा पाठेघरमा मासु पलाएको भनेपछि उपचार सुरु भएको बताए । चेकजाँच पछि अप्रेसनका लागि आर्थिक अवस्था कमजोर भएकोले कसरी गर्ने भन्ने समस्या परेको उनि बताउँछन् ।

उनको आर्थिक अवस्था कमजोर भएको भन्दै उपचारका लागि नेपाली कांग्रेसका जिल्ला सदस्य कुबेर खड्काले १० हजार सहयोग गरेकाछन् । अस्पतालले पनि उनलाई उपचारमा सहुलियत दिने बताएको छ । १२ वर्ष देखि स्थानीय स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रुपमा कार्यरत डम्बरलाई गाउँपालिकाले निस्कासन गरेपछि आर्थिक संकट व्यहोर्दै आएका छन् । डब्बरले भने,‘डक्टरले अप्रेसन गर्नु पर्छ भनेपछि निकै तनाव भएको थियो । आर्थिक अवस्था निकै कमजोर थियो । यो कुरा कांग्रेस नेता र अस्पताल प्रशासन प्रमुखसँग भनेपछि उहाँहरुबाट सहयोग मिलेकोले अहिले अप्रेसन सम्भब भएको छ । स्वास्थ्य अवस्था पनि सामान्य छ ।’

चेकजाँच पछि डाक्टरले लक्ष्मी भुल सार्कीको पनि अप्रेसन गर्न सुझाव दिएका थिए । अप्रेस गर्दा खर्च काहाँबाट व्यहोर्ने भनेर अस्पतालसँग कुनै सहकार्य नै नगरी लक्ष्मी र उनका श्रीमान बाशु भुल सार्की घर फर्किसकेका थिए । उनको जटिल अवस्था भएकाले उनलाई अस्पतालले सम्पर्क गरी बोलाएर अप्रेसन गरेको छ । अप्रेसन गर्दा के हुनेहो कहाँबाट पैंसा तिरौंला भन्ने पिर लागेपछि घर फर्किएको बासुले बताए । उनले अस्पतालबाट फोन गरेर सम्झाई बुझाई गरेको र सहुलियतमा उपचार गराउँने भने पछि दोस्रो दिन पुनः अस्पताल आएर उपचार गराई राखेको बताए । अस्पतालले उनिहरुका लागि रगतको व्यवस्था गर्न समेत सहकार्य गरेको थियो ।

अस्पतालमा धेरै जसो पाठेघरको समस्या भएका बिरामी आउने गरेको र दर्जनौको सफल अप्रेसन समेत भैसकेको अस्पतालका प्रशासन प्रमुख बलायरले बताए । स्त्रीरोग विशेषज्ञ डा. पंकज प्रतावले दुर्गम पहाडी जिल्लामा सिमित स्रोतसाधनका बाबजुत भेसल सिल्लर मेसिनद्वारा अप्रेसन गर्न कठिन भए पनि यहाँको अवस्था र आफ्नो क्षमताका आधरमा उपचार गरिरहेको बताए । उनले बिरामीको स्वास्थ्य अवस्था र आर्थिक समस्याका कारण पनि उनलाई जोगाउनुपर्ने दायित्व बोध गर्दै जटिल समस्या भएका बिरामीलाई समेत सेवा दिदै आएको बताए ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ माघ ७

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP