२०८१ आश्विन २९, मंगलवार
October 15, 2024, Tuesday

गृह मन्त्रालयको निर्णय स्वास्थ्य मन्त्रालयद्वारा अवज्ञा

स्वास्थ्य मन्त्रालयलले गृह मन्त्रालयको निर्णयलाई अवज्ञा गरेको छ । गृह मन्त्रालयले कोरोेना संक्रमणको जोखिम लाई मध्यनजर गर्दै २५ जनाभन्दा बढी एक ठाउँमा भेला हुन नपाउने निर्णयको अवज्ञा गरेको हो ।

गृहको यस्तो निर्णयको कडाइका साथ अनुगमन र कावार्ही गरिने भनेपछि गृहको निर्देशनअनुसार थुप्रै कार्यक्रमहरु स्थगित भए । तर सोमबार भने गृह मन्त्रालयको निर्णयलाई स्वास्थ्य मन्त्रालयले अवज्ञा गर्दै आकस्मिक पत्रकार सम्मेलन गरेको छ ।

सम्मेलनमा झन्डै सयजना उपस्थित थिए । हलमा पत्रकार त थिए नै, स्वास्थ्य सेवा विभाग र स्वास्थ्य मन्त्रालयका पदाधिकारी पनि बाक्लो मात्रमा उपस्थित थिए । सरकारी निकायले नै सरकारी निर्देशनको अवज्ञा गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भैरहेको छ ।

नेपालमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिन स्वास्थ्य मन्त्रालयले आकस्मिक पत्रकार सम्मेलन गरेको थियो । संक्रमित व्यक्तिलाई अहिले टेकु अस्पतालमा राखिएको छ । पत्रकार सम्मेलनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला तथा स्वास्थ्य सेवा विभागका पदाधिकारीहरु पनि थिए । दुवै कार्यालय कोरोना संक्रमितको उपचार भइरहेको टेकु अस्पताल परिसरमै छन् ।

Related News

भारतको अस्पतालमा मजदुर नेपालीको दर्दनाक छटपटी, पैसाको अभावमा ज्यान गुम्ने खतरा
भारतको अस्पतालमा मजदुर नेपालीको दर्दनाक छटपटी, पैसाको अभावमा ज्यान गुम्ने खतरा
  • २०७६ चैत्र १०

बेङ्गलुरु- भारतको बेङ्गलुरुमा रहेको मनिपाल हस्पिटलमा एक नेपाली उपचार अभावमा...

TOP