डोटी – सुदूरपश्चिम प्रदेश सरकारले संघीय सरकारको समन्वयमा झण्डै एक लाख मानिसलाई पहिलो चरणमा कोरोना भाइरस विरुद्धको लगाउँने तयारी गरेको छ । छिमेकी मुलुक भारतले नेपाललाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने भएपछि संघीय सरकारले आवश्यक तयारी थालेसँगै प्रदेश सरकारले पनि तयारी गरेको हो ।
पहिलो चरणमा कुल जनसंख्याको ३ प्रतिशतलाई खोप दिनेगरि आवश्यक तयारी गरिएको प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र सुदूरपश्चिमले जनाएको छ । केन्द्रले खोप भण्डारण तथा आपुर्ति लगायतका कामको लागि आवश्यक तयारी गरेको बताइएको छ ।
सरकारले कुन खोप ल्याउने भन्ने निर्णय नगरेको भएपनि खोप भण्डारणका लागि कोल्ड स्टोर निर्माण तथा पहिलो चरणमा खो लगाउनेस्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको तथ्याङ्क संकलन गरेर माथिल्लो निकायलाई पठाउने काम भइरहेको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख एवं प्रवक्ता नरेन्द्र कार्कीले बताए ।
पहिलो चरणमा अग्रपङ्तीमा काम गर्ने सरकारी तथा निजी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, स्टाफ नर्स र महिला स्वास्थ्य स्वयम् सेविकालाई खोप लगाइनेछ । सोही आधारमा अहिले खोप लगाउन इच्छुक व्यक्तिको नाम संकलन भइरहेको छ ।
पहिलो चरणमा सुदूरपश्चिमको कुल जनसंख्या २८ लाखको तीन प्रतिशत गरी करिब एक लाख मानिसलाई खोप लगाइने स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रका सूचना अधिकारी लक्ष्मी श्रेष्ठले बताए । उनका अनुसार दोस्रो चरणमा कुल जनसंख्याको २० प्रतिशत गरी करिब पाँच लाख ६० हजार र त्यसपछि सबैलाई खोप उपलब्ध गराउने योजना रहेको छ ।
प्रदेशमा पहिलो चरणमा उपलब्ध हुने खोप भण्डारण क्षमता रहेको भएपनि दोस्रो चरणको खोप भण्डारण गर्न पूर्वाधार निर्माणको प्रक्रिया थालिएको श्रेष्ठले बताए ।
दिपायल – खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र हुने भएको छ । सडक...