२०८३ श्रावण ६, बुधबार
July 22, 2026, Wednesday

कोरोना नफैलियोस् भन्दै भागेश्वरमा क्षमापूजा

डोटी– कोरोना नफैलियोस् भन्दै डोटीका शक्ति पीठहरुमा धमाधम क्षमापूजा गरिदै आएको छ । डोटीको ठुलो शक्तिपीठ मानिने भागेश्वरमा पनि कोरोनाको संक्रमण नभित्रियोस् भन्ने कामना गर्दै क्षमा पुजा गरिएको छ ।

कपल्लेकी, मुडेगाउँ र कालागाडका स्थानीय र व्यापारीले सेती किनारामा रहेको भागेश्वर गाथमा सत्यनारायणको कथा लगाई क्षमापूजा गरेको भागेश्वर क्षेत्र विकास समितिका अध्यक्ष गोरख बोगटीले बताए ।

उनले भने,‘मुलुक तथा यस क्षेत्रमा संकट आइपर्दा पुर्खादेखी नै बिभिन्न शक्ति पीठहरुमा मानव बाट भएको गल्तिलाई यहाँका देउदेवता संग माफि माग्दै संकट भित्रिन नदिन भाकल राख्दै क्षमा पुजा गर्नेगरिन्छ ।, यहि अनुरुप अहिले विश्वभर आतंक फैलाइरहेको कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्दै भागेश्वर गाथमा सत्यनारायणको पूजा गरेका हौं ।’

यस क्षेत्रमा दैवी प्रकोप, प्राकृतिक प्रकोप, हैजालगायतका महामारी फैलिँदा तथा गाईबस्तुमा खोरेंत रोग, खेतबारीमा डढुवा रोग र खडेरी पर्दा समेत क्षमापूजा गर्ने प्रचलन छ ।
मंगलबार र बुधबार भागेश्वर क्षेत्रमै रहेको सालमुनिमा पनि पूजा गर्ने तयारी गरिएको छ । यसअघि शैलेश्वरी मन्दिरमा पनि क्षमापूजा गरिएको थियो ।

यो पनि पढ्नुस्

Related News

अल्पमतमा परेका मुख्यमन्त्री शाह तत्काल राजीनामा नदिने, विश्वासको मत सामना गर्ने तयारी
अल्पमतमा परेका मुख्यमन्त्री शाह तत्काल राजीनामा नदिने, विश्वासको मत सामना गर्ने तयारी
  • २०७६ चैत्र १०

अल्पमतमा परेका मुख्यमन्त्री शाह तत्काल राजीनामा नदिने, विश्वासको मत सामना...

TOP