काठमाडौं– सन् २०२० को अन्तिम दिन कोरोना भाइरसविरुद्धको खोपले अनुमति पाएको छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आपत्कालीन प्रयोगका लागि बिहीबार कोरोना खोपको सूची तयार गरेको हो।
फाइजर/बायोएनटेकले बनाएकाे खाेप आपत्कालीन प्रयोगका लागि अनुमति पाउने पहिलो खोप बनेको छ।
डब्ल्यूएचओले मान्यता दिएको खोप आयात गर्न र प्रयोग गर्न अब अन्य मुलुकका लागि पनि ढोका खुलेको छ।
यसअघि केही विकसित मुलुकले मात्र यो खोप प्रयोग गर्न थालेका थिए। यद्यपि डब्ल्यूएचओले भने अनुमति दिएको थिएन।
डब्ल्यूएचओले यूनिसेफ र प्यान अमेरिकन हेल्थ अर्गनाइजेसनलाई आवश्यक परेको देशलाई खोप वितरण गर्न अनुमति पनि दिएको छ।
डब्ल्यूएचओको औषधि तथा स्वास्थ्य उत्पादनका सहायक निर्देशक डा. म्यारेएन्जेला सिमाओले डब्लूएचओ र आबद्ध साझेदार कम्पनीहरू रातदिन खटेर खोपको मूल्यांकनमा लागिपरेको बताएकी छन्।
उनले भनिन्, ‘अहिले आपतकालीन प्रयोगको खोपलाई संसारभर पुर्याएर महामारीलाई कम गर्न सघाउनु छ।’
डब्ल्यूएचओले संसारभरबाट छानेका विज्ञ टोलीले केही खोपको अध्ययन गरेका थिए। त्यसमध्ये फाइजरले डब्ल्यूएचओले तोकेको मापदण्डको नजिक पुगेको हाे। फाइजरको प्रयोगले कोरोना भाइरसको जोखिमलाई कम गरेको डब्ल्यूएचओको भनाइ छ।
यो खोप भण्डारणको लागि माइनस ६० देखि माइनस ९० डिग्रीको तापक्रम आवश्यक पर्छ। सबै देशमा यसको भण्डारण गर्ने उपकरण नभएकोले डब्ल्यूएचओले सघाउने पनि जनाएको छ।
डोटी – सुदूरपश्चिम प्रदेश सरकारले संघीय सरकारको समन्वयमा झण्डै एक लाख मानिसलाई पहिलो चरणमा कोरोना भाइरस विरुद्धको लगाउँने तयारी गरेको...
वाशिङ्टन- अमेरिकी संसद्मा भएको आक्रमण परि मृत्यु हुनेको संख्या चार पुगेको छ । यसअघि एक महिलाको मृत्यु भएको थियो ।...
कञ्चनपुर । कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्रमा सोमबार बेलुकी अवैध रुख कटानको प्रयास गर्दा नेपाली नागरिकमाथि गोली प्रहार भएको प्रहरीले जनाएको...