दार्चुला – नेपाली काँग्रेसकी नेतृ तथा सुदूरपश्चिम प्रदेश सभाकी सार्बजनिक लेखा समितिकी सभापति नन्दा बमले प्रदेशका योजना कमिसनका भरमा बाढिन लागेको आरोप लगाईन् । सुदूरपश्चिम प्रदेश सरकारले २०/३० प्रतिशत कमिसन बुझाए मात्रै योजना पठाउने खुलासा गरिन् । नेपाली काँग्रेस दार्चुलामा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । यसरी कम्युनिष्ट सरकारको ज्यादती बढेको बताइन ।
बमले नेकपाको सुखि नेपाली र समृद्ध नेपाल आज देखिएको छ । नेपाली जनताले पाँच बर्षका लागि दुइ तिहाइको मत दियो नेपाली कांग्रेस लाइ प्रतिपक्षमा राख्यो तर नेकपाले सरकार सन्चालन समेत गर्न नसकेको बताइन ।संघिय प्रतिनिधि सभा बिघटन गर्ने निर्णय अलोकतान्त्रिक असंवैधानिक र स्वइच्छाचारी भएको कारण काङ्ग्रेस यसको बिरुद्धमा रहेको उनले भनिन । कम्युनिष्ट सरकारले चलाइरहेको सरकार अपराधी र भ्रष्टाचारीको संरक्षणमा लागेको भन्दै यो सरकार अपराधीहरुको सरकार भएको उनले आरोप लगाइन ।
बमले भनिन–‘कम्युनिष्टको ज्यादती भयो, संसद पुनर्वाहलि हुनुपर्छ ।’ आज देश संकटमा छ, हामीलाइ मध्यावधि निर्वाचन भन्दा पनि देशको चिन्ता छ । मुलुकमा नेकपाले अस्थिरता पैदा बनाएको छ । अब संविधान र मुलुकको रक्षाको लागी नेपाली कांग्रेस आबश्यक रहेको उनले बताइन ।
दिपायल । समस्याग्रस्त सहकारीका ६ हजार धेरै बचतकर्ताको बचत फिर्ता...