२०७८ आश्विन ८, शुक्रबार
September 24, 2021, Friday

दसैंमा नयाँ नोट पाइन्छ कि नाइँ?

काठमाडौं- सामान्य अवस्था हुँदो हो त अहिले दसैंको चहलपहल सुरु भइसक्थ्यो। बजारमा किनमेल गर्नेको बाक्लो भीड हुन्थ्यो। घटस्थापनादेखि त दसैं लागिसक्छ। अब दसैं आउन एक महिना बाँकी छ।

तर, यो वर्ष प्रतिकूल समय छ। कारण हो-कोरोना भाइरस महामारी संकट।

र, पनि संकटकै बीच बजार व्यवसाय खुल्न थालेका छन्। स्थल यातायात सञ्चालनमा आइसकेका छने भने आन्तरिक हवाई उडान असोज ५ बाट सञ्चालनमा आउनेछन्। 

यसले केही आसा जगाएको छ। गाउँ गएर दसैं मनाउने अवसर पनि जुटेको छ।

दसैंको विषेशता मिठो–मसिनो खाने, ठूलाबडासँग टिका थापेर आशिर्वाद लिने अनि दक्षिणामा नयाँ नोट भइहाल्छ।

कोभिड-१९ संक्रमण दिनहुँ बढिरहेका बेला नेपाल राष्ट्र बैंकले अघिल्ला वर्ष झैं दसैंका लागि नयाँ नोट निष्कासन गर्छ कि गर्दैन? 

यसअघिका दसैंमा राष्ट्र बैंकले प्रतिव्यक्ति तथा संस्था तोकेर दसैं लक्ष्य गरी नयाँ नोट वितरण गर्ने गरेको थियो।

तर, यसपटक कोभिड-१९ को बढदो संक्रमणका कारण भीडभाड हुने कार्यमा प्रतिबन्ध छ।  यो परिस्थितिलाई लिएर राष्ट्र बैंकले दसैं लक्षित नयाँ नोट वितरण नगर्न पनि सक्छ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले पनि यसबारे निर्णय भइनसकेको बताए। 

‘कोभिड–१९ को संक्रमण छ, यो तपाईंहरूलाई पनि थाहै भएको विषय हो,’ नेपालले बिहीबार भने, ‘जहाँसम्म दसैंका लागि भनेर नयाँ नोट वितरण हुन्छ कि हुँदैन भन्ने चासो छ। यसबारे असोज १५ पछि मात्र थाहा हुन्छ।’

यद्यपि, दक्षिणाका लागि प्रयोग हुने नयाँ नोट अभाव भने नहुने उनले बताए। 

यसअघिका वर्ष झैं बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट वितरण गर्ने वा नगर्ने भनेर निर्णय हुने उनले बताए।

राष्ट्र बैंकले हरेक वर्ष दसैंमा नयाँ नोट लिन चाहने व्यक्तिलाई ५, १०, २०, ५० र १०० दरका एक÷एक बन्डल गरी १८ हजार ५ सयसम्म दिँदै सटही गर्न दिने गरेको छ। 

राष्ट्र बैंकले गत वर्षदेखि नयाँ नोट आवश्यक पर्नेलाई दसैंबाहेक समयमा पनि बैंकमार्फत् वितरण गरिरहेको छ।  

गत वर्ष दसैंमा मात्र राष्ट्र बैंकले करिब ६० अर्ब रुपैयाँ नयाँ नोट वितरण गरेको थियो। हाल ५ खर्ब ९२ अर्ब रुपैयाँ नोट सर्कुलरमा छ।

राष्ट्र बैंक यो सिजनमा जति नयाँ नोट बजारमा पठाउँछ, त्यति धेरै नयाँ नोट वर्षको अरू कुनै समयमा पठाउँदैन। 

दसैंमा बजार चलायमान हुने भएकाले नोटको माग बढ्छ।

कार्यकारी निर्देशक नेपालका अनुसार सामान्य अवस्थामा भदौदेखि कात्तिकसम्म बजारमा नोटको माग बढी हुन्छ। जसमा दक्षिणाका लागि प्रयोग हुने सानादेखि किनमेलका लागि आवश्यक ठूला नोट पर्छन्। 

बैंकमा निक्षेप बढ्ने र बजारमा किनमेल बाक्लिने भएकाले राष्ट्र बैंकले यही मौकामा बजारमा नयाँ नोट पठाउँछ। तर, यो वर्ष फरक अवस्था छ।

उनका अनुसार यी महिनामा वार्षिक सर्कुलर हुने कूल नोटको ४० प्रतिशत बजारमा जान्छ।

Related News

डडेल्धुरामा रिले अनशन, पुनः वडा अधिवेशन गर्नूपर्ने माग
डडेल्धुरामा रिले अनशन, पुनः वडा अधिवेशन गर्नूपर्ने माग
  • २०७७ आश्विन २

डडेल्धुरा– नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पुनः वडा अधिवेशन गर्नूपर्ने माग गर्दै पार्टी कार्यालयमा रिले अनशन...

साइन नेपालद्वारा विद्यालय र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण
साइन नेपालद्वारा विद्यालय र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण
  • २०७७ आश्विन २

डोटी – मानवीय सेवामा अनेकौं प्रयास (SHIN, Nepal) धनगढीले स्वास्थ्य सामग्री वितरण गरेको छ । संस्थाद्वारा संचालित कोभिड – १९...

एमाले नेता रावत बेपत्ता
एमाले नेता रावत बेपत्ता
  • २०७७ आश्विन २

धनगढी: नेकपा एमाले अछामका जिल्ला कमिटी सदस्य धन बहादुर रावत बेपत्ता भएका छन्। असोज ४ गते रामारोशन गाउँपालिका -७ सुतारमा...

TOP