२०८१ चैत्र ६, बुधबार
March 19, 2025, Wednesday

सुनको मूल्य तोलाकै १ लाख ४९ हजार ९ सय रुपैयाँ, चाँदीको कति?

काठमाडौं– सुनको मूल्य तोलाको १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको छ। बिहीबार १ हजार ६ सयले बढेर १ लाख ४९ हजार ४ सय पुगेकामा आज फेरि ५ सय रुपैयाँले बढेको हो।

यो हालसम्मकै उच्च मूल्य हो। यसअघि साउन २ गते छापावाल सुन १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने थोरैले घटेको छ। योसँगै चाँदी १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको छ।

अन्तर्राष्ट्रिय बजारमा चाँँदी २८.८९ र सुन २ हजार ४६३ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०८१ श्रावण १८

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP