काठमाडौं– पछिल्ला दुई दिन निरन्तर रेकर्ड बनाएको डलरको मूल्य, आज, साउन ११ गते, शुक्रबार घटेको छ। बिहीबार हालसम्मकै उच्च विन्दुमा पुगेको डलरको बिक्रीदर, यस दिन ४ पैसा घटेको हो।
नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३४ रुपैयाँ २२ पैसा रहेको छ भने खरिददर १३३ रुपैयाँ ६२ पैसा रहेको छ। बिहीबार डलरको यस्तो दर क्रमशः १३४ रुपैयाँ २६ पैसा र १३३ रुपैयाँ ६६ पैसा थियो।
यस दिन युरोपियन युरो एकको खरिदमा १४४ रुपैयाँ ९९ पैसा र बिक्रीमा १४५ रुपैयाँ ६४ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८१ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ १५ पैसा र बिक्रीमा ८७ रुपैयाँ ५४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९७ रुपैयाँ १ पैसा पाइन्छ।
यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ३८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन २८ रुपैयाँ ६६ पैसा र बिक्रीमा २८ रुपैयाँ ७८ पैसा पाइन्छ।
दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...