काठमाडौं – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्यमा प्रतिलिटर पाँच रुपियाँ बृद्धि गरेको छ । निगमको बिहीबार बसेको बैठकले आज देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोलको मूल्य १५० रूपैँया पुगेको छ।
त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १३३ रुपैँया पुगेको छ। एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको निगमले जनाएको छ।
इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको जनाएको छ।
निगमका अनुसार ५-५ रूपैयाँ मूल्य बढे पनि पेट्रोलमा ११ रूपैँया २८ पैसा, डिजेलमा ११ रूपैँया ७८ पैसा घाटा रहेको छ। तर मट्टितेलमा भने १९ रूपैँया ५१ पैसा फाइदा रहेको निगमले जनाएको छ।
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...