२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

स्वास्थ्यमन्त्री विरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले बुधबार अख्तियारमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध उजुरी दिएका छन्। बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री खरिद गरिएको देखिएको भन्दै स्वास्थ्यमन्त्रीबिरुद्ध पौड्यालले  उजुरी दिएका हुन् । 

स्वास्थ्यमन्त्रीविरुद्ध पौड्यालले अख्तियारको वेबसाइट मार्फत उजुरी दिएका हुन्। साथै, उनले उजुरी दिए लगतै अख्तियारको प्रवक्तासँग कुरा गर्दा उजुरी दर्ता भएको जानकारी समेत दिएका छन्।

मिडिया अनि आम नागरिकले प्रश्न उठिरहँदा पनि स्वास्थ्यमन्त्री अनि प्रधानमन्त्रीबाट जवाफ दिन नपर्ने भन्ने अभिव्यक्ति आउँदा थप शङ्का उब्जिएको देखिएको विवेकशील नेपाली दलले जनाएको छ।

पौडेलले विश्व स्वास्थ्य सङ्गठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका र्‍यापिड टेस्टिङ किट सात करोड भन्दा बढीको लागतमा किनेको कुरा समेत मिडियामा आइसकेकाले छानबिनका हुनुपर्ने भन्दै मुद्दाका विषय बनाएका छन् ।

उजुरीको बुँदागत विवरण यस प्रकार छ।

आर्थिक र नीतिगत भ्रष्ट्राचार भएको तथ्यहरु:
• तीन महिनाअघि नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी गरेर खुलाएको टेन्डर रद्द गरेको,
• बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री खरिद गरिएको,
• खरिद कार्य गर्न आफू निकटका व्यापारीलाई रातारात सेटिङ मिलाएको,
• मेडिकल सामाग्री सप्लाईको अनुभव नै नभएको कम्पनीलाई तीन घन्टामै टेन्डर दिलाएको,
• वाणिज्य विभागमा दर्ता नै नरहेको कम्पनीको कोटेशन स्वीकृत गरेको,  
• विश्व स्वास्थ्य सङ्गठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका र्‍यापिड टेस्टिङ किट सात करोड भन्दा बढीको लागतमा किनेको,
• यस अघिका ठुला भ्रष्टाचार काण्डहरू (वाइड बढी घोटाला, ललितानिवास जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टर खरिदमा ७० करोडको कमिसन बार्गेनिङ, आदि) मा जस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्र छानबिनलाई प्रभावित गर्ने गरी प्रधानमन्त्री खड्ग प्रसाद ओलीले यो काण्डमा पनि स्वास्थ्य मन्त्रीको बचाउमा अभिव्यक्ति दिएको ।

Related News

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन
सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन
  • २०७६ चैत्र १९

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन काठमाडौं —...

TOP