२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

दशैंका लागि असोज ४ गतेदेखि नयाँ नोट सटही गर्न पाइने

काठमाडौं । नेपाल राष्ट्रले बैंकले दशैं तिहारका लागि नयाँ नोट साट्न एक्सचेन्ज काउन्टर तोकेको छ ।

उपत्यकासहित उपत्यका बाहिरका क्षेत्रहरुमा रहेका बैंकबाट आगामी असोज ४ गतेदेखि सर्वसाधारणका लागि नयाँ नोट सटही गर्न पाइने बैंकले जनाएको छ ।

बुधबार एक सूचनामार्फत् काठमाडौंमा राष्ट्र बैंकबाट मान्यता प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरूबाट र उपत्यका बाहिर ९मोफसल० मा सातवटै प्रदेशस्थित बैंकको आफ्नै प्रादेशिक कार्यालयहरु र वाणिज्य बैंकहरुले तोकेको शाखाहरूबाट समेत नोट साट्न पाइने भनिएको छ ।

कोरोना जाखिमलाई मध्यनजर गर्दै यस वर्षको दशैं तिहारमा सर्वसाधारणलाई नोट सटहीको सुविधा मिलाइएको पनि बैंकले जनाएको छ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ भाद्र ३०

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP