डोटी– हिमशिखर बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा धनबहादुर शाही चयन भएकाछन् । संस्थाको १२औं वार्षिक साधारण सभा तथा चौथो अधिवेसनबाट शाहीको नेतृत्वमा नयाँ सञ्चालक समिति सर्वसहमत चयन गरिएको हो ।
डोटीको सफल र नुमना सहकारीका रुपमा परिचित उक्त सहकारीको उपाध्यक्षमा बासुदेव जोशी, सचिवमा भरत बहादुर कठायत, कोषध्यक्षमा खडक बहादुर शाही चयन भएकाछन् । त्यस्तै सहकारीको सदस्यहरुमा गोविन्द जोशी, सर्वजित देउवा, लक्ष्मी श्रेष्ठ, नरबहादुर खड्का, सुरेन्द्र प्रशाद श्रेष्ठ चयन भएका छन् ।
संस्थाको लेखा संयोजकमा शंकर बहादुर कठायत, सदस्यहरुमा रविन्द्र बागचन्द, रमेश अवस्थीलाई चयन गरिएको छ ।
सहकारीका निवर्तमान अध्यक्ष खेमराज भण्डारीको अध्यक्षतामा सुरु भएको वार्षिक साधारण सभामा जिल्ला सहकारी संघका अध्यक्ष लोक बहादुर बोहरा प्रमुख अतिथि रहेका थिए । लेखा समिति संयोजक गोविन्दराज जोशीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सहकारी सञ्चालक समितिका सचिव खडक शाहीले गरेका थिए । कार्यक्रममा निवर्तमान अध्यक्ष भण्डारीले वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
डोटीको प्रमुख व्यापारिक केन्द्र दिपायलमा २०६५ सालमा पाँचजना शेयर सदस्यले सुरुवात गरेको हिमशिखर अहिले डोटीको सफल सहकारी बनेको छ । सहकारीसंग हाल छ सय १० जना शेयर सदस्यहरु छन् ।
डोटी– नेपाली कांग्रेस डोटीका उप–सभापति लक्ष्मण सिंहले कम्युनिष्टका दिन सकिएको बताए । नेपाली कांग्रेस शिखर नगरपालिकाले संसद विटनका विरुद्ध नगरमा...
डोटी- नेपाली कांग्रेस डोटीका नेता रामप्रसाद उपाध्यायले कम्युनिष्ट शासनको वर्तमान कालखण्डमा भ्रष्टाचारले चरमचुली नाघेको बताएका छन् । नेपाली कांग्रेसले शनिवार...
नेपाली कांग्रेस डोटीका सभापती प्रदीपकुमार देउवाले देश अपराधी र भ्रष्टहरूको हातमा पुगेको बताएका छन् । नेपाली कांग्रेसले शनिवार देशका सबै...