२०८२ पुष २, बुधबार
December 17, 2025, Wednesday

तिन् रूखका आँम उसैलाई साँच्याछु


हेमन्त विवश

सेती किनारको एक कुना। आँगनको डिलबाट नजिकै देखिन्छन् सेतीका छालहरु। त्यही सेती किनारमा अवस्थित छन् शक्तिशाली ठानिएका देउताका मन्दिरहरु। सेती किनारमा अवस्थित भागेश्वरको मन्दिर। अलि पर सडकको माथि अवस्थित सालमुनि। भागेश्वर दूधधारी, सालमुनी मांशहारी। ती दुबै शक्तिपिठलाई आस्थाका धरोहर ठान्छन उनी। उसो त उनी कुनै कर्मकाण्डीय पुरोहितलेझै न पाठपूजा गर्छन् न उपासना नै। केवल मनभित्र सजाएर राख्छन् पुर्खाले मान्दै गरेका ती शक्तिपिठहरुलाई। उनी अर्थात पर्यटनविद् अमर बहादुर शाही।

लकडाउनका कारण पाइला काठमाडौंमै थन्किए पनि मन भने सेती किनारबाट झण्डै ६०० मिटर माथि अवस्थित बगैंचाभित्रै डुलिरहेको हुन्छ। जहाँ असी वसन्त पार गरिसकेका बृद्ध बाआमा छन्। अनि सुस्ताइरहेको छ वाल्यकालमा लडिबुडी खेलेको उही आँगन। दस पन्ध्र वर्ष भयो उनले आँप, लिची, अम्बा, कागति, कफी आदिका बोटहरु लगेर रोप्न थालेको। शाहीले आफू मात्रै रोपेनन् हरेक वर्ष गाउँलेलाई पनि दिइरहे फलफूलका केही बिरुवाहरु। अहिले सबै छिमेकीका घरमा दुई चार रुख आँपका देखिएकै छन्।  टाढाबाट जंगल जस्तो देखिन्छ त्यो एकान्तको वस्ती। रिसोर्ट बनाउन भनेर सम्याइएको गरा उस्तै उतानो परेर हेरिरहेकै छ।

डोटीको तिजाली गाउँ पुगेको हप्तादिनपछि मैले झर्नुपर्ने थियो दिपायल। साथमा थिए डोटीका पत्रकार खगेन्द्र सिंह। यो कुराको सुइको पाए पछि फर्किदा घरमा गई आँम नखाई नफर्किनू भन्ने प्रेमपूर्ण खबर आइपुग्छ उनको। दिपायलबाट साथमा ल्याउनुपर्ने अर्का मनकारी मनुवा थिए कान्तिपुर दैनिकका संवाददाता मोहन शाही। मोहन शाहीसँग सम्पर्क गर्दा थाहा भयो उनी कैलाली पुगेको कुरा। झिमझिम पानी परिरहेको थियो। खगेन्द्रको मोटर साइकलको पछाडी बर्सादी ओढेर बसिरहेको थिएँ म। याद आइरहेको थियो विगतमा त्यसरी नै प्लास्टिक ओढेर गाईबाख्रा चराउन गएको।

पुरा पढ्नुस् https://www.breaknlinks.com/nepali/news/35127524

Related News

सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
  • २०७७ श्रावण २०

दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...

TOP