२०८० मंसिर २१, बिहीबार
December 7, 2023, Thursday

निर्मला पन्त हत्याको २ वर्ष : न हत्याराको पहिचान, न पीडितलाई न्याय

नेपाल समय

काठमाडौ– कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज दुई वर्ष पुगेको छ। 

घटनाका दोषी पहिचान हुन सकेको छैन भने पीडितले न्याय पाउन सकेका छैनन्। नेपाल प्रहरीले अनुसन्धान जारी नै रहेको बताउन पनि छाडेको छैन।

आईजीपी थापाको विशेष चासो

तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल घटनाको अनुसन्धान टुंगोमा पुर्‍याएर दोषीलाई दण्डित गर्न सफल भएनन्।

२९ माघ २०७६ मा नेपाल प्रहरीको २७ औं महानिरीक्षक बनेका ठाकुरप्रसाद ज्ञवालीले करिब ५ महिनाको कार्यकालमा उक्त मुद्दाको फाइलसमेत खोल्न सकेनन्।

यद्यपि आईजीपी नियुक्त भएर पदभार ग्रहण गरेकै दिन उनले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान टुंगोमा पुर्‍याउने वचन दिएका थिए।

त्यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा एसएसपी हुँदा ज्ञवालीले कञ्चनपुर पुगेर पनि अनुसन्धान गरेका थिए।

घटनाको अनुसन्धान निष्कर्षमा पुर्‍याउन वर्तमान प्रहरी महानिरीक्षक शैलेश थापाक्षेत्रीले विशेष चासो लिएका छन्।

उनले यसका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख डीआईजी सहकुल थापालाई निर्देशन दिइसकेका छन्।

‘सीआईबीले घटनाको अनुसन्धान गरिरहेको छ,’ सीआईबी प्रमुख डीआईजी थापाले भने, ‘आईजीपी साबले यसलाई प्राथमिकतामा राख्नुभएको छ। यो केसलाई गम्भीर भएर हेर्न प्रदेश प्रमुख र सीआईबीलाई निर्देशन भएको छ।’

सीआईबीले अनुसन्धानमा पोख्त टिम पनि कञ्चनपुर पठाउने तयारी गरेको छ।

घटनास्थलबारे नै प्रहरी अन्योलमा

निर्मलाको शव भेटिएकै स्थानमा बलात्कारपछि हत्या भएको हो वा अन्यत्रै बलात्कार र हत्या गरी त्यहाँ ल्याएर शव फालिएको हो भन्ने विषय अहिलेसम्म अन्यौल छ। यसबारे नेपाल प्रहरीले कुनै धारणा सार्वजनिक गरेको छैन।

कञ्चनपुर पुगेका केही प्रहरी अधिकृत भने शव भेटिएकै स्थानमा बलात्कार र हत्या भएको दाबी गर्छन्।

प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाही प्रहरीले निरन्तर उक्त घटनाको अनुसन्धान जारी राखेको बताउँछन्।

‘अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नै हो। केन्द्रबाट सीआईबीलगायत अन्य सहयोगी टोली जाने आउने र सहयोग गर्ने क्रम भइरहेको छ,’ उनले भने।

प्रहरीको एकपछि अर्काे कमजोरी गरेकै कारणले उक्त हत्याप्रकरण गिजोलिएको प्रहरी अधिकारी नै बताउँछन्।

‘नेतृत्वले सुझबुझ नगरी हतारिएर काम ग¥यो,’ एक अधिकृत भन्छन्, ‘अझै पनि बिग्रिसकेको छैन। संवेदनशील भएर अनुसन्धानमा केन्द्रित हुने हो भने दोषीको पहिचान हुन्छ।’

डीएनए परीक्षणलाई आधार मानेर अनुसन्धान केन्द्रित भएपछि यो केस जटिल बनेको अधिकृतहरु बताउँछन्।

डीएनए मेल नखाएकै कारण दिलीपसिंह विष्ट रिहा भए। त्यसपछिका हरेक अनुसन्धानमा प्रहरीले दर्जनौं बढीको डीएनए परीक्षण गरेको थियो। तर ती सबै प्रयास सफल हुन सकेनन्।

अनुसन्धानकै क्रममा तत्कालीन एसपी डिल्लीराज विष्टसहित उनका छोरा किरण र अर्का युवक आयुश विष्टको पनि डीएनए परीक्षण गरिएको थियो।

थप पढ्नुस् https://www.nepalsamaya.com/detail/33734

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७७ श्रावण १०

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP