कैलाली- सेती लोकमार्ग अन्तरगत दक्षिणी खण्डमा निर्माण हुने सडक क्षेत्रमा पर्ने रुख काट्नका लागि सरकारले अनुमति दिएको छ ।
कैलालीको बर्दगोरिया र मोहन्याल गाउँपालिकामा रहेको राष्ट्रिय वन क्षेत्र सेती लोकमार्गको सडक संरचना निर्माणका लागि प्रयोग गर्न दिने निर्णय गर्दै संघीय मन्त्री परिषद्को बैठकले रुख कटानका लागि समेत अनुमति दिएको हो ।
गत कार्तिक २० गते बसेको मन्त्रीपरिषद्को बैठकले सडक निर्माण गर्न वन क्षेत्र प्रयोग गर्न दिने र त्यहाँ रहेका रुख हटाउन अनुमतिका लागि स्वीकृति प्रदान गरेको थियो।
सोही बमोजिम वन तथा वातावरण मन्त्रालयले सडक क्षेत्रमा पर्ने ९ हजार ६ सय ८६ रुख कटानका लागि आदेश दिएको छ। मन्त्रालयले बुधबार डिभिजन वन कार्यालय कैलालीलाई परिपत्र गर्दै वन विभाग र सडक विभागबीच सो विषयमा भएको सम्झौता पत्र समेत डिभिजन वन कार्यालयलाई पठाएको छ।
डोटी – नेपाल पत्रकार महासंघ डोटी शाखाका कोषाध्यक्ष अरुण कुमार बमले आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोष स्थापनाका आर्थिक सहयोग...
काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार...
प्रथम पुरस्कार राशि एक लाख एक हजार एक सय ११ रुपैयाँ डोटी- केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता...