२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

१८ लाख रकमसहित हुण्डी कारोबारी पक्राउ

काठमाडौं – स्रोत नखुलेको १८ लाख रुपैयाँसहित पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

आज दिउँसो वीरगञ्ज वीरगञ्ज महानगरपालिका–८ घण्टाघर स्थित सडकखण्डमा आदर्शनगर जाँदै गरेको ना.१६ प. ५४४६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकलमा सवार वीरगञ्ज–१० का २८ वर्षीय चन्दनकुमार साह र ४४ वर्षीय ओमप्रकाश गुप्तालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। 

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ मंसिर २६

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP