डोटी- शिखर नगरपालिका अन्तरगतका दुई विद्यालय समायोजन गरिएको छ । समायोजना गरिएको विद्यालयको एक कार्यक्रमका बीच बुधबार उद्घाटन गरिएको छ ।
नगरपालिकाको वडा नं. ३ अन्तरगतका डाणाबाग आधारभुत विद्यालय र अमरज्योती आधारभुत विद्यालय समायोजन गरिएको हो । दुबै विद्यालय समायोजन गरेर डाणाबाग अमरज्योती आधारभुत विद्यालय नामांकरण गरिएको छ ।
समायोजन गरिएको उक्त विद्यालयमा एक सय छात्र छात्रा भर्ना भएका छन् । विद्यार्थी संख्यो अझै बढ्न सक्ने विद्यालयका प्रधानाध्यापक सीता जोशीले वताईन् । शिखर नगरपालिकामा समायोज भएको यो पहिलो विद्यालय हो ।
कार्यक्रममा बोल्दै नथगर प्रमुख सिताराम जोशीले विद्यालय समायोजन पछि विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तरमा बृद्धि हुने र राज्यको स्रोत पनि कम खर्च हुने विश्वास व्यक्त गरे । उनले शिक्षा नीति अनुसार नगरका अन्य विद्यालयहरु पनि समायोजन गरिने तयारी भएको बताए । समायोजन भएका विद्यालयलाई नगरपालिकाले विशेष प्राथमिकामा राख्ने बताउँदै नगर प्रमुख जोशीले भने,‘विद्यालयको सुधारको लागि शिक्षक, व्यवस्थापन समिति र अविभावकले पनि लाग्नु पर्दछ । नगरले पनि समायोज भएका विद्यालयको समग्र विकासका लागि प्राथमिकता दिनेछ ।’
नगर उप–प्रमुख धौली देवी रावलले विद्यालय सुधार र शैक्षिक गुणस्तर उकास्नका लागि शिक्षकको विशेष भूमिका रहेको बताइन् । घरमा आफ्ना बालबालिको ख्याल गर्नु र स्कूलको समेत ख्याल गर्नु पर्ने अविभावको भुमिका रहेको बताउँदै उप–प्रमुख रावलले विद्यालय सुधारका लागि नगरपालिका लागिपरेको बताईन् ।
वडा नं ३ का अध्यक्ष प्रसाद जोराले समायोजन पछि भौतिक तथा शिक्षक दरबन्दीको खाँचो रहेकाले नगरपालिकासँग सहकार्य गर्दै सहयोगका लागि पहल गर्ने बताए ।
विद्यालय समायोजन कार्यक्रम अन्तरगत शिखर नगरपालिकामा पहिलो पटक विद्यालय समायोजन गरिएकाले सकारात्मक सन्देश दिएको बताए शिक्षा शाखा संयोजक शेरबहादुर कार्कीले बताए । उनले विद्यालय समायोजन पछि विद्यालयको शैक्षिक भौतिक सुधारका लागि स्थानीय अभिभावक र शिक्षकको महत्वपूर्ण भूमिका रहने बताए । कार्कीले शिक्षाको गुणस्तर उकास्नका लागि नगरपालिकाबाट शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई तालिम र अभिमुखिकरणका कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यापालिका सदस्य यशोदा पार्की, शिखर नगरपालिका वडा नं ३ का वडा सदस्य खडक बहादुर जोरा, उद्धव बहादुर मल्ल भगवती आधारभुत विद्यालयका प्राधानाध्यापक गणेश कठायत, जित जोरा, सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशी, स्थानीय तथा पत्रकारको सहभागिता रहेको थियो । स्थानीय तेज वहादुर जोरा, मनिराम भुलले विद्यालयको भौतिक संरचना, व्यवस्थापन समिति र शिक्षक दरबन्दी थप गर्नु पर्ने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनिलाल जोराको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...