बडीकेदार- केदारेस्वर माविको विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । डोटीको बडीकेदार गाउँपालिका–५ मा रहेको उक्त विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा गणेश राज जोशी सर्वसहमत चयन भएका छन् । यो उनको दोस्रो कार्यकाल हो ।
सोमबार आयोजना गरिएको अभिभावक भेलाले जोशीको नेतृतवमा समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा टेक बहादुर मल्ल, इन्द्रा देवी चन्द, डोइली देवी गिरि, झकेन्द्र मल्ल, देबा देवी मल्ल चयन भएका छन् । पदेन सदस्यमा टोप बहादुर चन्द शिक्षक प्रतिनिधिबाट चक्र बहादुर चन्द र सदस्य सचिवमा डम्बर बहादुर मल्ल चयन भएका हुन् ।
अध्यक्षमा सर्बसमत चैन भए पछि आफुले अगाडीको कार्यकालमा पनि विधालयमा भौतिक संरचना लगायत शैक्षिक गुणस्तर पनि उकास्ने काम गरेको र यस कार्यकालमा पनि कृषि क्याम्पस खोल्ने तयारी गरिरहेको जोीले बताए । कृषि क्याम्पसको सबै प्रक्रिया अगाडि बढाइ सकेको समेत उनले बताए ।
कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...
काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...
डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...