दिपायल- डोटीको शिखर नगरपालिकाले नगरको शैक्षिक सुधार योजनालाई प्राथमिकतामा राखेर काम गरिहरेको छ । नगर सरकारले नगरपालिकालाई शैक्षिक हवकारुपमा अगाडि बढाउने लक्षसहित विद्यालय सुधारका विभिन्न कार्यक्रमहरु अघि बढाएको हो ।
नगरपालिकाले कक्षा– ८ को परीक्षा र एसइइको पछिल्लो नतिजालाई तुलना गरेर विद्यालयको शैक्षिक गुुणस्तर खस्किदै गइरहेको निष्कर्षसहित विद्यालाय सुधार आयोजना अघि बढाएको हो । गुणस्तरीय शिक्षा सुनिश्चित गर्न विद्यालय समायोज र शिक्षक दरबन्दी मिलान गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शेर बहादुर कार्कीले बताए । सरकारको मापडण्डको पूर्ण पालना गर्दै नगरमा एउटा कार्यदल बनाएर विद्यालय समायोज र शिक्षक दरबन्दी मिलान गरिएको उनले बताए ।
नगरपालिकाका अनुसार नगरका कुल ६४ वटा सामुदायिक विद्यालयहरु मध्ये ३१ वटा विद्यालयहरुको तह तथा कक्षा घटाइ अर्को विद्यालयमा समायोजन गरिएको छ । विद्यार्थी संख्या भौगोलिक अवस्था र उपलब्ध जनशक्तिलाई आधार बनाएर विद्यालय समायोज गरिएको हो । विद्यालय समायोजनसँगै ३८ जना शिक्षकशिक्षिकाहरुको स्थानान्तरण हुने गरी शिक्षक दरबन्दी मिलान गरिएको हो ।
शिखर शैक्षिक सुधारको योजनासहित विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलान गर्ने जिल्लाको पहिलो पालिका बनेको छ । शिक्षक दरबन्दी मिलान तथा विद्यालय समायोजन कार्यविधि २०७७ ले विद्यालय समायोजन तथा दरबन्दी मिलानको जिम्मेवारी स्थानीय तहलाई दिएको छ । सोही अनुरुप कार्यविधि बनाएर पालिकाले सो काम अघि बढाएको हो । आगामी वर्ष पनि कार्य प्रगती र आवश्यकता हेरेर दरबन्दी मिलानदेखि विद्यालय समायोजनको काम गर्ने नगर सरकाको योजना छ ।
नयाँ आर्थिक वर्ष २०८१/०८२ लाई शैक्षिक सुधार वर्ष घोषणा गरेर विद्यालाय सुधारका थप योजनाहरु अघि बढाइने नगर प्रुमुख दीर्घ बहादुर बलायरले बताए । “सामुदायिक विद्यालयमा विद्यार्थी संख्या र शैक्षिक गुणस्तर वर्षेनी घट्दो छ,“उनले भने,“विद्यार्थी अनुपातमा शिक्षक पनि थिएनन् । कतै शिक्षक बढी थिए भने कतै शिक्षक अभाव थियो । यसलाई मध्यनजर गर्दै समायोजन तथा दरबन्दी मिलानको काम अघि बढाइएको हो ।”
शिखर सरकारले नयाँ आर्थिक वर्षमा सबैभन्दा बढी लागानी शिक्षा क्षेत्रमा गर्ने नगर प्रमुख बलायरले बताए । कतिपय शिक्षक, समुदाय र व्यक्तिहरुको विरोधका बीच जोखिम उठाएर विद्यालय समायोजनको काम गरिएको छ,“उहाँले भन्नुु भयो,“जसरी जोखिम उठायर कामको थालनी भएको छ, त्यसरीनै यहाँको शैक्षिक गुणस्तर सुधार गरेरै छाड्ने हो । यो पालिकालाई सुदूरपश्चिमकै शैक्षिक हवकारुपमा विकास गर्ने योजना बनाएका छौें ।”
नगरपालिकाले विद्यालय सुधार योजना अन्तरगत शिक्षक, शिक्षिका, विद्यालय कर्मचारी, व्यवस्थापन समितिको भेला गराई चार सय ५० जनाको सहभागितामा “शिक्षक सम्मेलन”को समेत आयोजना गरेको छ । सम्मेलनमा सहभागि व्यक्तिहरुले शैक्षिक गुणस्तर सुधारका लागि हातेमालो गर्ने प्रतिबद्धता जनाउनुभएको छ । वार्षिक परीक्षाहरुमा कमजोर नतिजा ल्याउने विद्यालयहरुमा विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि र शिक्षकशिक्षिका बीच अन्तरसम्वाद कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।
विद्यालयहरुको शैक्षिक सुधारका लागि प्रधानाध्याक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीहरुको क्षमता विकास, विषयगत शिक्षक अनुभव आदान प्रदान कार्यशाला, विद्यालयमा न्यूनतम पूर्वाधारको सुनिश्चितता टुहुरा अपाङ्ग असहाय बालकालिकाहरुको छात्रवृत्ति, बालबालिकाहरुका क्षमता पहिचानका कार्यक्रमहरु तथा अन्य थुप्रै गुणस्तर अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गरिने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कार्कीले बताए ।
जिल्लाका अन्य पालिकाहरुले पनि शिक्षक दरबन्दी मिलान तथा विद्यालय समायोजन कार्यविधि निर्माण गरेर विद्यालय समायोजन गर्ने योजना बनाएका छन् ।
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...