२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

सन्तानसँगै विद्यालय जानथाले आमाहरु

विद्यालय पोषाकमा विद्यालय जाँदै ममता विक

दिपायाल- जोरायल गाउँपालिका– २ की ममता विकले विवाह पछि पढाइ छाडिन् । एसएलसि पास गरेकी ममताले दोस्रो सन्तान जन्मेपछि पढाइ छाडेकी हुन् ।

सन्तानको पालन पोषण र घरासयी कामकाजका कारण विद्यालय छोड्नु परेको ममताले बताइन् । “पढ्न मन त थियो, एकतिर सन्तानको पालन पोषण गर्नु पर्ने, अर्का तिर घरको पुरै कामकाज व्यहोर्नु पर्ने भयो । सन्तान विद्यालय पठाउने बेला आफु के जानु भनेर एसएलसि पछि विद्यालय गएन,“उनले भनिन् ।”

तीन छोराकी आमा ममता पछिल्लो समय छोराहरुसँगै विद्यालय जान थालेकी छिन् । उनका जेठो छोरा कक्षा ९ मा पढ्छन् भने माइलो छोरा कक्षा ५ र कान्छो छोरा कक्षा ४ मा पढ्छन् । ममता ११ कक्षा पास गरेर १२ कक्षामा अध्ययन गर्दै छिन् । उनी पढाइ छोडेको १० वर्ष पछि पुनः सन्तानसँगै विद्यालय जान थालेकी हुन् ।

सोही ठाउँकी मंगला विक पनि पढाइ छोडेको १२ वर्ष पछि विद्यालय जान थालेकी छिन् । २०६६ सालमा एसएलसि पास गरेकी उनी २०७८ सालमा पुनः विद्यालय भर्ना भएकी हुन् । २ छोराकी आमा उनी हाल कक्षा १२ मा पढ्छिन् भने उनको जेठो छोरा कक्षा १ मा पढ्छन् ।

प्छिल्लो समय ममता र मंगला जस्तै विवाह पछि पढाइ छाडेका अन्य आमाहरु पनि विद्यालय जान थालेका छन् । सम विकास केन्द्र डोटीले पालिकाहरुको समन्वयमा सञ्चालन गरेको परिवर्तन परियोजनाले उनीहरुलाई विद्यालय जान प्रेरित गरेको हो । परियोजनाले जिल्लाका जोरायल गाउँपालिका, केआईसिंह गाउँपालिका र शिखर नगरपालिकाका महिलाहरुलाई संगठित गरेर शिक्षा, शुसासन, महिला सहभागिता र क्षमता विकासका विषयमा काम गर्दै आएको छ । जिल्लामा ३६ वटा सुशासन पाठशाला स्थापना गरेर संस्थाले महिलाको शैक्षिक, आर्थिक र क्षमता विकासमा टेवा पु¥याउँदै आएको परियोजना संयोजक महेश परियारले बताए ।

२९ वर्षको उमेरमा दुई सन्तान जन्माइसके पछि विद्यलाय जाने बारे कुनै योजना नभएको मंगलाले बताइन् । “आफ्नो पढाइ भन्दा पनि सन्तान कसरि पढाउने भन्ने पिर लागि रहन्थ्यो,“उनले भनिन्,“विद्यालय गएर पढौंला भन्ने त मनमै आउँथेन । सुशासन पाठशालाका गोष्ठि, तालिममा जानथालेपछि पढाइएको महत्व बुझियो । पढ्न जरुरी छ भन्ने लाग्यो र घर परिवारसँग सल्लाह गरेर छोरासँगै विद्यालय जान थाले ।”

हाल ममता र मंगला रामपुर माध्यमिक विद्यालय बुडरमा एउटै कक्षामा पढ्छन् । उनीहरुले समुदायका अन्य महिलाहरुलाई पनि विद्यालय जान सल्लाह दिदै आएका छन् । जोरायल गाउँपालिका वडा नं. २ र ३ का ११ जना आमाहरु पनि विद्यालय भर्ना हुने तयारीमा रहेको सामाजिक परिचालक तारा विकले बताइन् ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७९ माघ १६

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP