२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि डोटीका ४९ विद्यालय छनोट ( विवरण सहित )


दिपायल – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि  डोटीका ४९ विद्यालय छनोट भएका छन् । भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यक्रमका लागि जिल्लाका ४९ विद्यालय छनोट गरेको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालयको विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार छनोटमा परेका विद्यालयहरुमा भवन र कम्प्युटर ल्याब स्थापना गरिनेछन् । ४९ वटा विद्यालयहरु मध्ये २३ वटा विद्यालयमा कम्प्युटर ल्याव र २६ वटा विद्यालयहरुमा भवन निर्माण गरिने मन्त्रालयको वेभसाईटमा उल्लेख छ ।

सबैभन्दा बढी शिखर नगरपालिका र केआइसिंह गाउँपालिकाका ७/७ वटा विद्यालय छनोटमा परेका छन्। त्यस्तै सायाल र बडीकेदार गाउँपालिकाका ६/६ वटा विद्यालय  छनोट गरिएको छ । बोगाटन, पूर्वीचौकी र जोरायल गाउँपालिकाका ५/५ वटा विद्यालय छनोट गरिएको छ। त्यस्तै दिपायल सिलगढी नगरपालिका र आदर्श गाउँपालिकाका ४/४ वटा विद्यालय छनोटमा परेका छन् ।

राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तह मार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए ।

‘राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६’ निर्देशक समितिको बैठकले यो कार्यक्रम चालु आर्थिक वर्ष २०७९/८० मा साउनबाट नै कार्यन्वयन गर्ने प्रस्ताव गरेको थियो ।

अनुसन्धान तथा शैक्षिक गुणस्तर शाखाका निर्देशक गोबिन्दराज पोख्रेलले कार्यक्रम कार्यान्वयन सम्बन्धी बिस्तृत प्रक्रिया तयारी भईरहेको जनाएका छन् । उनले वित्तिय हस्तान्तरण हुने क्रममा रहेकोले प्राप्त भएपछि कार्यक्रम लागू गुर्न गराउनु निर्देशन दिएका छन् ।

कार्यक्रमका लागि देश भरीका ३ हजार ४७५ विद्यालय विद्यालय छनोटमा परेका छन् ।

कार्यक्रम कार्यान्वयनका लागि सरकारले बजेट भाषण मार्फत चालु शैक्षिक वर्ष (आर्थिक वर्ष) का लागि ८ अर्ब ८८ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । गत वर्ष यही कार्यक्रमका लागि ७ अर्ब ८५ करोड ५१ लाख रुपियाँ छुट्याएको थियो ।

यी हुन् छनोटमा परेका डोटीका विद्यालय

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७९ भाद्र ३१

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP