दिपायल – आदर्श गाउँपालिका– ४ भुवाको नवोदय आधारभुत विद्यालयका प्रधानाध्यापक जगन्नाथ रोकाया २६ वर्ष देखि शिक्षण पेसामा आवद्ध छन् । रुखको फेद र पथ्थर, खरले छायको विद्यालय भवन भित्र विद्यार्थीहरुलाई बढाउन थालेका उहाँ अहिले पक्कि भवन र सफा कोठामा विद्यार्थीलाई राखेर पढाउछन् । यो बीचमा प्रधानाध्यापक रोकाया लगायत उनका सहकर्मी शिक्षकहरुले पटक–पटक शिक्षण विधि र गुस्तरीय शिक्षा सम्बन्धी तालिम प्राप्त गरेका छन् । तालिम प्राप्त गरिसके पछि विद्यालयका भौतिक संरचनासँगै शिक्षण विधिमा समेत परिवर्तन आएको छ ।
“म २०५३ साल देखि शिक्षण पेसामा आवद्ध छु,“रोकायाले भने,“त्यो समय स्याना स्याना ढुङ्गाले निर्मित होचा र साँघुरा विद्यालय भवनमा विद्यार्थीहरुलाई हुलेर पढाउनु पर्ने वाध्यता थियो । विद्यालयमा कालो पाटी, चक, डस्टर लगायतका सामान्य सामग्रीहरुको पनि अभाव हुन्थ्यो । धुलोले भरिएको भुइँमा राखेर विद्यार्थीहरुलाई पढाउन निकै कठिन हुने गरेको थियो । तर, अहिले विद्यालयमा सुविधासम्पन्न वालमैत्री भवन, कक्षा कोठा, खानेपानी, खाजाघर, शौचालय लगायतका संरचनाहरु निर्माण भएका छन् । भौतिक संरचाना निर्माण पछि शिक्षण गर्न निकै सहज भएको छ ।”
पछिल्लो केही वर्ष यता भौतिक संरचना निर्माणसँगै शैक्षिक गुणस्तर पनि वृद्धि भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलाराम विष्टले बताए । विद्यालयमा शैक्षिक सामग्री, खेलौना र शिक्षकहरुका लागि पटक–पटक समय सुहाउँदो तालिमको व्यवस्था हुन थालेपछि विद्यार्थीहरुमा बढ्ने बानीको विकास हुनुका साथै पढाइमा रुची बढ्ने गरेको उनको भनाई छ । “हामीसँग बाल कक्षा देखि पाँच कक्षासम्म दुई सय ६३ जना विद्यार्थीहरु छन्,“उहाँले भन्नु भयो,“एक देखि तीन सम्मका विद्यार्थीहरुका लागि टेवल, कार्पेट र शैक्षिक सामग्रीहरु भएका बालमैत्री कक्षा कोठाहरु छन् । खाने पानी पनि बालमैत्री छ । चार र पाँच कक्षाका लागि पनि सुक्षित कक्षा कोठा र टेवल, कुर्चीको व्यवस्था छ । अबको जोड भनेको शैक्षिक सुधार र गुणस्तरीय शिक्षा हो । हाम्रो विद्यालय टीम र सहयोगी संस्था त्यसमा लागेका छौं ।”
आदर्श गाउँपालिका– ४ मा रहेको प्रभात माध्यमिक विद्यालयमा पनि बालमैत्री, किशोरी मैत्री शौचालय, विद्यालय भवन र खानेपानी निर्माण गरिएको छ । बालबालिकाहरुले सहजरुपमा प्रयोग गर्नसक्ने शौचालय र खानेपानी निर्माण भए पछि अपाङ्गता भएका बालबालिकालाई झनै सहज भएको छ । विद्यालयमा भएको शौचालय जान ओरालो चिप्लोबाटो हिड्नु पथ्र्यो,“कक्षा ९ मा अध्ययनरत विद्यार्थी गणेश नेपालीले भने,“एउटा खुट्टाको भरमा शौच गर्न निकै कठिन हुन्थ्यो । बस्नेखालको प्यान पनि थिएन । अहिले विद्यालयमा नयाँ शौचालय बनेको छ । शौचालय जान निकै सहज भएको छ ।”
विद्यालयमा बालमैत्री शौचालय बनेपछि किशोरीहरु नियमित विद्यालय आउन थालेको प्रभात माविका प्रधानाध्यापक पदम सिं साउँदले बताए । विद्यालयमा प्राय महिनाको चार पाँच दिन किशोरीहरु विद्यालय आउँदैन थिए,“उनल भने,“सेनिटरी प्याड सहितको शौचालय बनेपछि किशोरीहरु नियमित विद्यालय आउन थालेका छन् । नवनिर्मित भवनमा बसेर बढ्न बालबालिकाहरु रुचाउने गरेका छन् । विद्यालयमा निर्मित शौचालय भित्र किशोरीहरुका लागि सेनिटरी प्याड निस्किने मसिन र सौचालय भित्रैबाट सेनिटरी प्याड डिस्पोज गर्न मिल्ने व्यवस्था मिलाइएको छ । अपाङ्गता भएका र अन्य बालबालिकाहरुका लागि शौच गर्न सहज होस भनेर बसेर शौच गर्न सक्ने प्यान राखिनुका साथै बालबालिका पुग्ने गरेर धाराहरु निर्माण गरिएको छ । शुद्ध खानेपानीका लागि छुट्टै बालमैत्री धाराहरु निर्माण गरिएको छ ।
सामुदायिक विकास केन्द्र (सीडीसी) डोटीले जिल्लाका आदर्श गाउँपालिका, सायल गाउँपालिका, पूर्वीचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका विद्यालयहरुमा भौतिक संरचना निर्माणसँगै शैक्षिण गुणस्तर बृद्धिका कार्यक्रमहरु सञ्चालन गर्न थालेपछि यहाँका सामुदायिक विद्यालयहरुको अवस्था सुधार हुँदै गएको छ । नवोदय आधारभुत विद्यालय, प्रभात मावि लगायत यहाँका दर्जनौ विद्यालयहरुमा उक्त संस्थाले काम गरिरहेको छ । लामो समय देखि शिक्षा क्षेत्रमा काम गर्दै आएको छ । सामुदायिक विकास केन्द्र डोटीले हाल वल्र्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा जिल्लाका चार पालिकामा विगत तीन वर्ष देखि समावेशी तथा गुणस्तरीय शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको परियोजना संयोजक दिनेश बमले बताए । संस्थाले अन्य परियोजना अन्तरगत विगतमा पनि शिक्षा क्षेत्रमा काम गर्दै आद्यएको थियो ।
परियोजनाले काम गरिरहेका विद्यालयहरुमा बालमैत्री कक्षा कोठाहरु निर्माण गरिएको छ । कक्षा कोठामा बालबालिकाको रुचिअनुसारका चित्रहरु, शैक्षिक सामग्रीहरु सजाएर राखेको पाइन्छ । जसले गर्दा बालबालिकाहरुको सिकाइ उपलब्धी वृद्धि हुने गरेको शिक्षकहरु बताउछन् । , अभिभावक, शिक्षक र विद्यार्थीहरुको सम्बन्ध सुधार र पादर्शीताका लागि त्रिपक्षिक वैठक गोष्ठी तथा कार्यक्रमहरु सञ्चालन हुने गरेका छन् ।
मष्टामाण्डौं माध्यमिक विद्यालय लामिखालमा कक्षा ४ मा अध्ययनरत उत्तम रोकाया पढाइ यात्राका क्रममा आयोजित कथा वाचन प्रतियोगितामा प्रथम भए । उनले सयौं मानिसहरुको बचिमा आयोजित कार्यक्रममा नेपाली भाषामा लेखिएको कथा शुद्ध, स्पष्ट गरेर बचान गरे । उनी जस्तै अन्य प्रतियोगीहरुले पनि सो अभ्यास गरे ।
कथा वाचनले विद्यालयको शैक्षिक अवस्था, सिकाइ उपलब्धी, र बालबालिकाको निडर पन स्पष्ट देखियो । बालिकाबालिकाहरु पढाइसँगै शब्दहरुको शुद्ध उच्चारण गर्न, अर्थ लगाउन सक्ने र पढेर बुझ्न सक्ने बनेका छन् । यो बाहेक उनीहरुको सहभागिता अतिरिक्त क्रियाकलापमा पनि देखिन्छ ।
समावेशी तथा गुणस्तरीय शिक्षा कार्यक्रम लागु भएका चार वटा पालिका अन्तरगतका विद्यालयहरुमा भौतिक संरचना निर्माणसँगै शैक्षिक गुणस्तर वृद्धि हुँदै गएको स्थानीय जनप्रतिनिधि र शिक्षकहरु बताउँछन् । परियोजनाले व्यवहारीक शिक्षालाई जोड दिदै शिक्षण विधिमा पनि फरक पन ल्याएपछि शैक्षिण गुणस्तरमा वृद्धि भएको हो ।
यस अघि विद्यालयहरुले परीक्षाको लिखित अंङ्कलाई मात्र मापन गरेर मुल्याङ्कन गर्ने गरेको र पाठ्यपुस्तक कण्ठस्त गर्नेलाई मात्र शैक्षिक गुणस्तर वृद्धि भएको मान्ने गरेकोमा अहिले परिवर्तन भएको आदर्श गाउँपालिकाका अध्यक्ष गणेश खड्काले बताए । “पाठ्यपुस्तक कण्ठस्त गरेको आधारमा शैशिक्ष गुणस्तर मापन गर्न सकिदैन,“उनले भने,“बालबालिकाहरुलाई पाठ्यपुस्तकसँगै व्यवहारीक, शैद्धान्तिक, सामाजिक र प्रविधिको ज्ञान हुन पनि आवश्यक छ ।”
“बालबालिकाहरु काँचो माटो हुन्, उनीहरुलाई जस्तो बनाउन खोज्यो त्यस्तै बन्छन् । गैरसरकारी संस्थाले बालबालिकाको व्यवहार परिवर्तनसँगै पढाइमा रुची जगाउने खालका कार्यक्रमहरु गरेको पाइयो,“दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख विजय खड्काले भने,“बालबालिकाहरुलाई भविश्य देखाउने शिक्षकहरुको क्षमता अभिवृद्धिका कार्यक्रमहरु पनि सञ्चालन गरिएका छन् । यसले गर्दा नगरको समग्र शैक्षिक अवस्था सुधार हुँदै गएको छ ।”
विद्यालयमा समावेशी तथा गुणस्तरीय शिक्षा कार्यक्रम लागु भए पछि विद्यालयको भौतिक सुधारसँगै विद्यार्थीहरुको शैक्षिक गुणस्तर पनि वृद्धि भएको आदर्श गाउँपालिका–४ का स्थानीय नारायण पछेराले बताए । “विद्यार्थीहरुमा बढ्ने बानीको विकास भएको छ,“विद्यालय जान आलटाल गर्ने हाम्रा बालबालिकाहरु अहिले नियमित विद्यालय जान थालेका छन्,“उनले भने,“आफ्नो सरसफाइ देखि शैक्षिक सामग्रीहरु सुरक्षित गर्ने काम आफै गर्न थालेका छन् । पाठ्यपुस्तक खरर बढ्नसक्ने भएका छन् । स्याना उमेरका बालबालिका विद्यालय जान रुचाउनुले पनि विद्यालयको शैक्षिक अवस्था सुधार भएको संकेत गर्दछ ।”
पढाइमा विद्यार्थीहरुको रुची बढाउन र अभिभावकलाई बालबालिकाको पढाइमा ध्यानाकार्षण गर्ने परियोजनाले पढाइ मेला, पढाइ यात्रा, पढाइ शिविर जस्ता कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ ।
आदर्श गाउँपालिका–४ हिन्नेकाँडाकी ८ वर्षीय ऋतु बिक कक्षा तीनमा पढ्छिन् । विद्यालय र पढाइ शिविरमा जाँदा सफा भएर जानु पर्छ भन्दै जानु अघि साबुन पानिले हातमुख धोयर, सफा लुगा लगायर, कपाल कोरेर तयार हुन्छिन् । लुगा फोहर भयो, नङ ठुलो भयो भने आमासँग सरसफाइ गर्न सम्झाउछिन् ।
ऋतु खाना खानु अघि, खाना आए पछि, खेलेर आएपछि विद्यालयबाट आए पछि सधैं साबुन पानिले हात धुने गर्छिन । उनले घरका मान्छेलाई समेत हातधुन सरसफाइ गर्न सम्झाउने गरेको उनकी आमाले बताइन् । ऋतु जस्तै अन्य बालबालिकाहरु आफ्नो सरसफाइ र शैक्षिक सामग्रीहरुको सुरक्षा आफै गर्न सक्ने भएका छन् ।
सुरुमा बालबालिकाहरु कक्षामा आउदा पढाइमा मन नलगाउने, एकोहोरो टोलाएर बस्ने, विद्यालयमा नियमित नआउने समस्या थियो । नवोदय आधारभुत विद्यालयका शिक्षिका कृष्ण महाराले भनिन्,“बालबालिकाहरुले सरसफाइमा ध्यान दिन थाले पछि फुर्तिला भएर नियमित विद्यालय आउने गरेका छन् । विरामी परिरहने बालबालिकाहरु स्वास्थ देखिन्छन् । कक्षा कोठामा बस्दा जागरिला भएर पढाइमा सक्रिय हुन्छन् । शैक्षिक सामग्रीहरु पनि जतनले राखेको हुन्छ ।”
बालबालिकाहरुलाई पढाइ शिविरमा स्वास्थ्य सरसफाइ सम्बन्धी ज्ञान दिनुका साथै हात धुने अध्यास पनि गराइन्छ ।
समावेशी तथा गुणस्तरीय शिक्षा कार्यक्रम अन्तरगत जिल्लाका चार पालिकाका ९२ वटा टोलहरुमा पढाइ शिविर सञ्चालन हुने गरेको छ । हप्ताको एक दिन शनिवार सञ्चालन हुने पढाइ शिविरमा बालबालिकाहरुको उल्यख्य सहभागिता रहने गरेको छ । पढाइ शिविरमा पढ्ने बालबालिकाहरु विद्यायमा पनि उत्कृष्ट हुने गरेका छन् ।
पढाइ शिविरको लक्ष्य बालबालिकामा बुझेर पढ्ने बानीको विकास गरी सिकाइ उपलब्धि बढाउने रहेको छ । अहिले डोटीको आदर्श गाउँपालिका, सायल गाउँपालिका, पूर्वीचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका ९२ वटा टोलमा पढाइ शिविर केन्द्र सञ्चालन गरिएको छ । प्रारम्भिक शिक्षालाई गुणस्तरीय र बालबालिकामा नियमित पढ्ने बानीको विकास गर्न बालबालिकाको सिकाइ उपलब्धिमा वृद्धि गर्न शिविर सञ्चालन गरिएको सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीले बताए ।
हरेक हप्ताको शनिबार सञ्चालन हुने पढाइ शिविरमा तीन वर्ष उमेर पुगेका बालबालिकादेखि कक्षा ३ सम्म पढिरहेका बालबालिकाको सहभागिता हुन्छ । ९२ वटै पढाइ शिविर केन्द्रमा एक÷एक जना तालिमप्राप्त पढाइ विकास सहजकर्ता राखेर गाउँभरिका बालबालिकालाई एक ठाउँमा भेला गराएर हरेक शनिबार ९० मिनेटको कक्षा सञ्चालन गरिन्छ । सहजकर्तासँग बालबालिका खेल खेल्ने, गीत गाउने, कथा सुन्ने र चित्र बनाउने पनि गर्छन् । शिविरमा आउने बालबालिकालाई कापी, किताब, पेन्सिललगायतका शैक्षिक सामग्री निःशुल्क उपलब्ध गराइन्छ । शिविरबाट ३ कक्षा पास गरेका बालबालिकालाई प्रमाणपत्रसहित बिदाइ गरिन्छ ।
शिविरमा स्वतन्त्र खेल, बाल गीत, विषयवस्तु, कथा, पढ्ने लेख्ने क्रियाकलाप, बनाऊ र लैजाऊ, दैनिकी लेखन गरी सातवटा चरणमा पढाउने गरिएको बगर पढाइ शिविर केन्द्रका सहजकर्ता गोमा विष्टले बताइन् । बालबालिकाहरु विद्यालय भन्दा बढी शिविरमा आउन रुचाउने गरेको उनले बताइन् ।
शिविरमा आउने बालबालिकाका अभिभावकलाई महिनाको एक दिन भेला गराएर सचेतना गोष्ठी पनि गरिन्छ । जसले गर्दा अभिभावकमा आफ्ना बालबालिकाको पढाइ, सरसफाइलगातका कुरामा ध्यानाकर्षण गराउँछ । पढाइ शिविर सञ्चालन भएपछि विद्यालयमा पनि राम्रो प्रभाव परेको छ ।
शिविरमा आउने बालबालिकाको घरमा अभिभावकको सहकार्यमा पढाइ कुना बनाइएकोे हुन्छ । घरको एउटा कोठामा बालबालिकाका शैक्षिक सामग्री, पोसाक आदि राखिएको ठाउँलाई पढाइ कुना भनिन्छ । पढाइ शिविरमा बालबालिकाले आफूलाई मन पर्ने चित्र बनाइ आफ्नो घरको पढाइ कुनामा सजाउने गर्दछन् । बालबालिका घरमा समेत रुचिपूर्ण तरिकाले पढून् भन्ने उद्देश्यले गाउँघरमा पढाइ कुनालाई अनिवार्य गरिएको छ । घरमा पढाइ कुना राखेसँगै बालबालिका चाँडै घर आउने, खाना खाइसकेपछि पनि आफ्नो पठनपाठनमा लाग्ने चित्र बनाउने, विद्यालयबाट फर्किसकेपछि गृहकार्य गर्नेजस्ता क्रियाकलापमा लाग्ने गरेको अभिभावक बताउँछन् ।
समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अन्तरगत डोटीका चार पालिकाहरुले शिक्षा सम्बन्धी १६ बुँदे डोटी घोषणा पत्र सोमबार जारी गरेका छन् । दुई दिनको छलफल तथा अन्र्तक्रिया पछि दिपायल सिलगढी नगरपालिका, सायल गाउँपालिका, आदर्श गाउपालिका र पुर्वीचौकी गाउँपालिकाले संयुक्त रुपमा घोषणा पत्र जारी गरेका हुन् ।
पालिकाका प्रमुखहरुले घोषणा पत्रमा संयुक्त रुपमा हस्ताक्षर गर्दै जीवन उपयोगी तथा व्यवहारिक पढाईमा जोड दिने बताएका छन् । घोषणापत्रको पहिलो नम्बरमा गुणस्तरिय तथा व्यवहारिक शिक्षाको मापनका लागि पालिकाले छुट्टै सुचकहरु निर्धारण गरि बार्षिक रुपमा अनिवार्य स्वःमुल्याङ्कन गर्ने उल्लेख छ । व्यवहारिक शिक्षामा उत्कृष्ट शिक्षक, बिद्यार्थी र बिद्यालयलाई प्रोत्साहन गर्ने गरी क्रियाकलाप संचालन गर्ने प्रतिबद्धता घोषणापत्रमा गरिएको शिक्षाबिद् तथा प्राध्यापक डा. बिद्यानाथ कोइरालाले जानकारी दिए । व्यवहारिक शिक्षाको पक्षमा लामो समयदेखि वकालत गर्दै आएका कोइरालाले नै ४ पालिकाहरुबिचको अन्तरक्रिया कार्यक्रमलाई सहजीकरण गरेका थिए ।
कोइरालाले पालिकाहरुले व्यवहारिक शिक्षा लागु गर्न गरेको तत्परता कार्यान्वयनमा लैजान शिक्षक, जनप्रतिनिधी तथा शिक्षक महासंघ गम्भिर हुन सुझाव दिएका छन् । घोषणापत्रमा चुनौतीको रुपमा रहेको बिद्यालय छोड्ने दरलाई सुन्यमा झार्ने, भर्नादर सतप्रतिशतमा पु¥याउने, अभिभावकहरुमा सचेतना एवम् सहयोगका माध्यमबाट विद्यार्थीहरुको दैनिक उपस्थिति दर बढाउने लगायतका कुराहरु उल्लेख गरिएका छन् ।
चार पालिका बिच संचालन भएको अन्र्तक्रिया कार्यक्रममा पालिकाका प्रमुख तथा अध्यक्ष सहित ३० विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, पालिकाका शिक्षा शाखा प्रमुख लगायतको उपस्थिती रहेको थियो । ‘
दिपायल । दिपायल सिलगढी नगरपालिको पाँचौं स्थानिय तह स्तरीय राष्ट्रपति...