२०८१ फाल्गुन २, शुक्रबार
February 14, 2025, Friday

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डको आज बिहान बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार ७ हजार ६३ जना विद्यार्थीले ए प्लस नतिजा प्राप्त गरेका छन। त्यस्तै ४८ हजार २३९ ले ग्रेड ए ल्याएका छन।

७० हजार १ जनाले बी प्लस प्राप्त गरेका छन। त्यस्तै ९९ हजार ५३७ जनाले बी ग्रेड प्राप्त गरेका छन् । ७५ हजार ०८८ जनाले सी प्लस नतिजा प्राप्त गरेको बोर्डले जनाएको छ।

२४ हजार ५१५ जनाले ग्रेड सी ल्याएका छन। ३ हजार ८७५ जनाले डी प्लस प्राप्त गरेका छन। नतिजा डी ल्याउनेको संख्या २९६ छ । त्यस्तै १० हजार ०७६ जनाले ग्रेड ई प्राप्त गरेका छन।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार गएको भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा–१२ को परीक्षामा ३ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।

कोभरोनाका कारण परीक्षा दिन नपाएकाहरूले गएको बुधबारदेखि परीक्षा दिएका छन। कोभिडका कारण परीक्षा दिन छुटेका ४१ विद्यार्थी परीक्षामा सहभागी छन। ती परीक्षार्थीको परीक्षाफल १० दिनभित्र प्रकाशित गरिने बोर्डले जनाएको छ।

नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट http://neb.ntc.net.np मा गएर हेर्न सकिन्छ ।

यस्तै, एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि neb लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नम्बरमा पठाउन सकिनेछ ।

Related News

छोराले गरे आफ्नै आमाको हत्या
छोराले गरे आफ्नै आमाको हत्या
  • २०७८ मंसिर १७

दिपायल – रुपन्देहीका एक युवकले आफ्नै आमाको हत्या गरेका छन्...

TOP