२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

सुदूरपश्चिमका ७ वटै नर्सिङ कलेजले अध्यापन अनुमति पाएनन्

डोटी- सुदूरपश्चिम प्रदेशका ७ वटा नर्सिङ कलेजले अध्यापन अनुमति नपाउने भएका छन् । प्रदेशमा रहेका ७ वटै कलेजले चिकित्सा शिक्षा ऐन २०७५ को मापदण्ड अनुसार विद्यार्थी भर्नाका लागि सिट पाउन सकेनन् ।

चिकित्सा शिक्षा ऐन अनुसार कलेज सञ्चालनका लागि सय शय्याको आफ्नै अस्पताल हुनुपर्छ । यस अघि ५० शय्याको अस्पताल भएका कलेजहरुले प्रति कलेज २० जना विद्यार्थी सिट पाउने गरेका थिए । यस वर्षबाट भने सुदूरपश्चिममा नर्सिङ पढ्न नपाइने भएको छ ।

कैलालीको फारवेस्ट टेक्निकल कलेज, नवजीवन कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्सेस्, पद्मा नर्सिङ कलेज, शैलेश्वरी फरवेस्ट स्कुल अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी र टीकापुर नर्सिङ क्याम्पसले अध्यापन गराउन नपाउने भएका छन् ।

यस्तै कञ्चनपुरको सेती महाकाली नर्सिङ क्याम्पस र डोटीको सुजङ हेल्थ एण्ड टेक्निकल एकेडेमीले पनि यस वर्ष प्रमाणपत्र तह (पिसिएल) नर्सिङ अध्यापन गराउन नपाउने भएका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत देशभर रहेका ११२ वटा नर्सिङ कलेज मध्ये यो वर्ष ४५ कलेजले मात्रै विद्यार्थी भर्नाका लागि सिट पाएका छन् । यो वर्ष मापदण्ड अनुसार शय्या नपुग्दा ६७ वटा कलेजले विद्यार्थी भर्नाका लागि सिट पाउन सकेनन् ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७८ मंसिर ९

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP