२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

सूजंङ्ग स्कूलका निर्देशक बलायरद्वारा अक्षय कोष स्थापनाका लागी सहयोग

डोटी – सूजंङ्ग स्कूलका निर्देशक नरेश बलायरले अक्षय कोष स्थापनाका लागी सहयोग गर्ने घोषणा गरेका छन् । दोस्रो सन्तान प्राप्त गरेको खुसीमा उनले ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि पाँच हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

सुदूरपश्चिमकै उत्कृष्ट सूजंङ्ग स्कूलका निर्देशक बलायर विभिन्न सामाजिक संघ संस्थामा पनि आबद्ध छन् ।

नेपाल प्रेस युनियन डोटी शाखाले संस्थापक अध्यक्ष पत्रकार स्व. तेज बहादुर खड्का ‘तेजु’को स्मृतिमा अक्षय कोष स्थापना गर्न लागेको छ । कोषका लागि विभिन्न पत्रकार, सामाजिक क्षेत्रमा ब्यक्ती र राजनीतिज्ञहरुले विभिन्न अवसर पारेर सहयोग गर्दै आएका छन् ।

लामो समय नेपाली पत्रकारीता जगतमा खर्च गरेका लोकप्रिय रेडियोकर्मी स्व. खड्काले पत्रकारिता तथा सामाजिक क्षेत्रमा दिएको योगदानको कदर गर्दै उहाँलाई अमर राख्ने प्रेस युनियनको अभियानमा आफुले पनि सहयोग गरेको बलायरले बताए ।

प्रेस युनियनले स्वर्गिय पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी सो कोषबाट राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गर्ने लक्ष्य लिएको छ । जसका लागि शाखाले विभिन्न व्यक्ति, संघसंस्थाहरुसँग सहयोगको आह्वान गरेको प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए ।

पत्रकार खड्का बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीनबर्षपछि मात्रै कंकाल भेटिएको थियो । जसको डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ भाद्र १

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP