विश्व अहिले कोभिडले गर्दा पुरै अस्तव्यस्त छ कोभिडले गर्दा सबै क्षेत्रमा यसको प्रभाव परेको छ तर आज हामी यहाँ विशेष गरेर कोभिडले गर्दा धेरै प्रभावित क्षेत्र शैक्षिक क्षेत्रको चर्चा गर्ने छौ ।
शौक्षिक सत्र २०७६ को अन्तिम तिर सुरु भएको कोभिडले गर्दा सबै कक्षाको अन्तिम वा बार्षिक परिक्षा नै स्थगित हुनु पुगे । बर्ष भरी पढेर बार्षिक परिक्षामा सहभागी हुन नपाएर विधार्थी नै निराश भए यसले विद्यार्थीलाई मनोबैज्ञानिक रुपमा नै असर गरी रहेको छ गत वर्षको अझै अवस्था यस वर्ष पनि उस्तै छ । जेठ मसान्तमा विद्यालय तहका परिक्षा संचालन गरेर असार देखि नयाँ शौक्षिक सत्रको कक्षा संचालन गर्ने भने पनि अहिले सम्म सरकारले कसरी परिक्षा गर्न भन्ने तयारी गरेको छैन ।
यस वर्ष पनि निधारित समयमा शौक्षिक सत्र संचालन हुने देखिदैन यस वर्ष पनि विधार्थीले गत वर्ष झै नियति देखिने भोग्नु पर्ने जस्तो देखिन्छ । त्यस भयो अब कसरी विद्यार्थी कक्षा संचालन गर्ने त्यसको लागि लेखकका सरकारलाई सुझाव दिन्छन् । अब सरकारले विद्यालय तहलाई संविधानमा नै व्यवस्था भए झै सबै विद्यालय तहको जिम्मा स्थानिय तह लाई व्यवहारीक जिम्मा दिने । सिंहदरवार बाट सबै विद्यालय लाई एउटै नियम लगाउदा त्यसको असर सबै विद्यालयमा परिरहेको छ ।
कोभिडको असर नेपाल भरी एकै किसिमको छैन प्रदेश, जिल्ला , स्थानिय तह अनुसार असर पनि फरक फरक छ । अव लकडाउनले ग्रामिण बालबालिका लाई पारेको असरका बारेमा चर्चा गरै
सरकारले बन्दाबन्दिको समयमा बैकल्पिक व्यवस्था बाट कक्षा संचालन गर्ने भनेर विद्यालय अनिश्चत समयका लागी बन्द भएको घोषणा ग¥यो । ग्रामिण क्षेत्रमा कुन माध्यम बाट बैकल्पिक माध्यम बाट कक्षा संचालन गर्ने अहिले सम्म न स्थानिय तह न विद्यालयले नै कुनै योजना बनाएका छन् ।गत बर्ष अवस्था बाट पाठ सिकेर विद्यालय र स्थानिय तहले पुर्व तयारी गरेको अहिले पनि देखिएन ।
अहिलेको अवस्थामा हेर्ने हो भने ग्रामिण क्षेत्रमा प्रत्येक घर मा रेडियो र टेलिभिजन को नै व्यवस्था छैन । पहिला सम्म सबैको घरमा रेडियो हुन्थो तर अहिले मोवाईल ले रेडियो लाई विस्तापित गरेको छ , मोवाईल घर मुलिको खल्टिमा हुन्छ बालबालिकाहरुले यसको पनि उपयोग गर्ने पाएको छैन । टि.भि कुरा गरौ भने गाँउमा १०० घरमा १० घरमा टि.भि को पहुच रहेको छ यस्तो अवस्थामा बैकल्पिक माध्यम सिकाई गराउने ज्यादै कठिन देखिन्छ ।
बन्दाबन्दिको समयमा विधार्थीको अध्ययन गर्ने बाँनी निकै खस्केको देखिन्छ विद्यालय छुट्टि भएको दिन देखि उसले पढ्न लेख्न नै छोडि सकेको अवस्था छ । कक्षा १ मा पढ्ने विद्यार्थी पनुः विद्यालय आउदा क,ख नै लेख्न विर्सेर विद्यालय आउछ। गाँउमा इन्टरनेटको पनि सरकारले व्यवस्था गर्ने सकेको छैन भने व्यवस्था गरेको ठाँउमा पनि व्यवस्थापकिय पक्ष नि कै कमजोर छ । सरकारले माध्यिमिक विद्यालयमा सहयोग गरेको कम्पुटर र इन्टरनेट को पनि अवस्था नाजुक छ । यस हेर्दा शहरी क्षेत्रका विद्यार्थीहरु टेलिभिजन मा संचालन हुने भएका कक्षा, युटुब बाट पनि कक्षा र अनलाईन कक्षामा पनि सहभागी भएर आफ्नो सिकाई लाई पुर्नताजकि गरिरहेको हुन्छन् । अब चर्चा गरौ कसरी ग्रमिण क्षेत्रमा बालबालिकाको सिकाई लाई पुर्नताजकि गरिरहने ।
ग्रामिण क्षेत्रमा घरहरु टोल टोलमा बसोबास गरिहेको हुन्छन् त्यहाँ विभिन्न कक्षा समुह बालबालिकाहरु पनि हुन्छन् भने टोल वा गाँउमा कुनै पनि विद्यालयमा पढाईरहेका शिक्षक हुन्छ । यस स्थानिय तह ले टोल सिकाई लाई प्रभावकारी बनाउन सकेको यस बालबालिका को लाई लाई निरन्तरता दिन सकिन्छ भने बालबालिकाहरु लाई पनि नयाँ किताव भन्दा बाहिरको ज्ञान सिकाउन सकिन्छ । माथिल्लो कक्षा का विद्यार्थीहरु लाई स्वय सेवकको रुपमा परिचालन गर्ने सकेमा दुबै पक्षलाई फाईदा हुन्छ । त्यस गरि आफ्नो स्थानिय तह भित्रका शिक्षकहरुलाई परिचालन गर्ने सकेमा पनि टोल शिक्षा संचालन गर्ने सकिन्छ ।
यसरी हेर्दा सरकारले अवस्था अनुसार बैकल्पिक व्यवस्था नगरेमा वा स्थानिय तहले पनि सधै सिंहदरवारको निर्देशन कुरेर बस्ने र आफ्नो क्षेत्रकोलाई नयाँ विकल्प नसोचेमा बालबालिकाहरु भविश्य पनि खेर जाने देखिन्छ ।
दिपायल– डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ स्थित पदम...