२०८१ चैत्र ७, बिहीबार
March 20, 2025, Thursday

माध्यमिक तहका शिक्षकहरुका लागि पाँच दिने बृहत यौनिकता शिक्षा तालिमको आयोजना

डोटी- दिपायलमा माध्यमिक तहका शिक्षकहरुका लागि पाँच दिने बृहत यौनिकता शिक्षा तालिमको आयोजना गरिएको छ । नेपाल परिवार नियोजन संघले आयोजना गरेको उक्त तालिमको शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

तालिमको उद्घाटन शिक्षा विकास निर्देशनालयका निर्देशक गणेश बहादुर सिंहले गरेका थिए । नेपाल परिवार नियोजन संघ डोटीका सभापति प्रेमा श्रेष्ठको सभापतित्वमा आयोजित तालिम उद्घाटन कार्यक्रममा शैक्षिक तालिम केन्द्र डोटीका प्रशिक्षक भिम पनेरु विषिष्ठ अतिथि रहेका थिए । स्वास्थ्य कार्यालयका प्रतिनिधि, पत्रकार लगाएतको सहभागिता रहेको कार्यक्रममा परिवार नियोजन संघ डोटीका कोषाध्यक्ष रघु कठायतले स्वागत मन्तव्य राखेका थिए ।

तालिममा अछाम जिल्लाका १४ वटा विद्यालयका २८ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको छ । सहभागिहरुलाई डा. भगवान अर्याल र परिवार नियोजन संघ दाङका शाखा प्रवन्धक बसन्त खनालले पाँच दिन सम्म प्रशिक्षण दिने जनाइएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रसंगको सहकार्य र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष नेपालको प्राविधिक सहयोगमा तालिमको आयोजना गरिएको हो । परिवार नियोजन संघ डोटीले यौनिकता शिक्षा सम्बन्धमा विगतमा पनि तालिमको आयोजना गर्दै आएको छ । कोभिडको महामारीका समयमा भर्चुअल माध्यमबाट पनि तालिम सञ्चालन गरिएको संघका अध्यक्ष प्रेमा श्रेष्ठले बताइन् ।

उद्द्दाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिंहले यौनिकता शिक्षाका विषयमा अझै पनि खुलेर अध्ययन अध्यापन गराउने र खुलेर कुरा गर्ने अवस्था नरेकाले तालिमले शिक्षकहरुलाई यौनिक शिक्षका विषयमा अध्ययन गराउन सहज हुने बताए । उनले यौनिकता शिक्षा पाठ्यक्रममा नै समावेस भएका कारण यस्ता तालिम सबै शिक्षक शिक्षकहरुका लागि आवस्यकरहेको बताए ।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०७७ चैत्र ७

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP