२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

“डोट्याली लोकदेवता र जाँत सौन्दर्य” कृतिको लोकार्पण


दिपायल – “डोट्याली लोकदेवता र जाँत सौन्दर्य” नामक कृतिको लोकार्पण गरिएको छ । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति पूर्वमन्त्री वीर बहादुर बलायरले राष्ट्रिय नाचघर काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बीच उक्त पुस्तक विमोचन गर्नु भएको हो ।

दुर्गाप्रसाद जोशी र मिन बहादुर राणाद्वारा लिखित उक्त पुस्तकमा डोटी डडेल्धुरा र खप्तड क्षेत्रका २० भन्दा बढी कुलदेवता र जाँतहरु समेटिएको छ । पुस्तकमा लोकदेवता, लोक संस्कृति, जात्राको अनुसन्धानात्मक विषयवस्तुहरु समेटिएको छ ।

पुस्तक भित्र पुस्तौं देखि प्रचलनमा रहदै आएको संस्कृति, सभ्यता, देवता र तिनको महत्व समेटिएकोले पुस्तक निकै सान्धर्भिक रहेको सभापति बलायरले बताए । उक्त पुस्तकका सामग्रीहरु सुदूरपश्चिममा निर्माण हुने पाठ्यपुस्तकका लागि पनि उपयुक्त रहेको बताउँदै उनले इतिहास, धर्म, संस्कृति संरक्षण र प्रवृद्धनमा पुस्तकले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । अब आउने पुस्तौं पुस्तासम्म यो पुस्तक र यो भित्र रहेको ज्ञान जिवित रहने बलायरले बताए ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७९ श्रावण १४

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP