२०८१ श्रावण ३, बिहीबार
July 18, 2024, Thursday

खप्तडमा तीन वर्षपछि गंगा–दशहरा मेला

दिपायल- सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल खप्तडमा तीन वर्षपछि यसवर्ष गंगा–दशहरा मेला लागेको छ । कहिल्यै नरोकिएको यो मेला कोभिड १९ को प्रभावले दुई वर्ष ठप्प भएको थियो । मेला रोकिए पनि सीमित व्यक्तिहरुको उपस्थितिमा नियमित पूजाआजा भने निरन्तर हुँदै आएको थियो ।

यसवर्ष जनजीवन सामान्य अवस्थामा पुगेपछि खप्तडमा मेला भएको हो । यसवर्ष परम्पराअनुसार नै मेला हुनेछ । खप्तडमा हरेक वर्ष जेष्ठ शुक्ल पक्ष दशमीमा दुई दिने ‘गंगा–दशहरा’ मेला लाग्ने परम्परा छ । सोही परम्पराअनुसार बुधबार देखि खप्तडमा मेला लागेको हो । बुधबार रातभर मेलामा सहभागी भक्तजनहरुले बिहीबार बिहान त्रिवेणीमा स्नान गरेका छन् । मेलासँगै खप्तडमा विभिन्न खेलकुद प्रतियोगितासमेत जारी छन् ।

परापूर्व कालदेखि यहाँ बाजुरा, अछाम, बझाङ र डोटीका बासिन्दाले मेला भर्दै आएका छन् । पछिल्लो समय प्रचारप्रसार व्यापक बनेसँगै यहाँ समग्र सुदूरपश्चिम प्रदेश र देशभरका हिन्दू धर्मावलम्बीहरू त्यहाँ पुग्ने गरेका छन् । यसकारण खप्तड गंगा–दशहरा मेलालाई पछिल्लो समय ठूलोमध्ये एक धार्मिक मेलाका रुपमा लिन थालिएको छ ।

Related News

बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
  • २०७९ जेष्ठ २६

दिपायल- सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै बाल सुधार गृह छ ।...

TOP